Author Archive

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै ज्यान गयो

बैतडीमा विषालु सर्पले डसेकी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ वर्षीया पार्वती घटाल छिन् । मङ्गलबार राति उनलाई खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । बुधबार दिउँसो उनको मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो । ‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले… पुरा पढौ

पोखरेली कलाकारले उडाए पुतली

पोखरेली कलाकारको एक टोलीले यसपालिको हरितालिका तीजलाई लक्ष्य गरी नयाँ गीत बजारमा ल्याएका छन् । ‘पुतली उडेर गयो’ बोलको गीत नवराज अधिकारीको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा नवराज अधिकारी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, दुर्गा क्षेत्री, सरला अधिकारी र किरण शर्माले स्वर दिएका छन् । प्रेमराज अधिकारीको शब्द र नवराज अधिकारीकाे संगीत रहेको गीतको एजेन्ज दिवस थापा मगरले गरेका हुन् । वाराही डिजिटल एन्ड मुर्चुङ डिजिटल स्टुडियोमा रेकर्ड… पुरा पढौ

वामपन्थी नेता बरालको निधन

वामपन्थी नेता एवं अग्रज मानवअधिकारवादी टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो । बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्षसमेत हुन् । संस्थाका अध्यक्ष सुनील पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको बताए । उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती,… पुरा पढौ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीलेतनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए… पुरा पढौ

बारा–पोखरा समाजमा होमविलास

बारा–पोखरा सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले होमविलास सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष राजु देवकोटा, सचिव राजेन्द्रप्रसाद आचार्य र कोषाध्यक्ष गंगा लामिछाने निर्वाचित भए । सदस्यमा सम्झना भुजेल, बिजेन्द्र चौधरी, ओमनाथ तिमल्सिना, उमेशकुमार ठाकुर, सञ्जु चौधरी र राहुल पासवान छन् । वन विज्ञान क्याम्पस पोखराका प्राडा नारायण गौतम र निर्वाचन अधिकृत दिलीपकुमार श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई सपथ गराएका छन्… पुरा पढौ

११ हजार वर्षपछि पुस माघमा वर्षा र असार साउनमा जाडो !

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित हाम्रा चाडपर्व र समय विचलन विषयक अन्तरक्रिया शनिबार भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले अनुसन्धानपत्र पेश गरे । उनले अयनांशका कारण सौर्यमासको मिति १ महिनाअघि सरेको बताए । समय सरेकै कारण हरेक महिनामा गर्ने काम र प्रकृतिमा आउने परिवर्तनबीच तालमेल मिल्न नसकेको उनले तर्क गरे । पन्तले वैशाख १ गते दिनरात बराबर तथा हावापानी पनि न जाडो न गर्मी हुनुपर्ने हो तर… पुरा पढौ

पोखरा वृद्धाश्रमको वार्षिकोत्सवमा रवीन्द्र पुरस्कृत

ऋषिलीला पत्रकारिता पुरस्कार २०८० बाट लेखक रवीन्द्र माकाजू सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६ औं वार्षिक साधारणसभामा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारी लगायतले उनलाई पुरस्कृत गरेका हुन् । पोखरा वृद्धाश्रमबाट सञ्चालित यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । लेखक माकाजूका ५ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ… पुरा पढौ

ईश्वरमणिको सम्बोधिका सार्वजनिक

पोखरेलीले २०३५ माघ २० गते २ रुपैयाँको टिकट काटेर मुक्तक सुनेका थिए । टिकटमा मुक्तक सुन्ने परम्परा थालनी गरेको पोखरामा शनिबार नयाँ मुक्तक कृति सार्वजनिक भएको छ । डा ईश्वरमणि अधिकारीको मुक्तक सञ्चयन ‘सम्बोधिका’ पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतले सार्वजनिक गरे ।एक सय एघार मुक्तक रहेको यो डा अधिकारीको तेस्रो कृति हो । कार्यक्रममा साहित्यकार सरुभक्तले पछिल्लो पुस्ता रुवाई शैलीका… पुरा पढौ

योजना कार्यान्वयन सिकाउँदै पोखरा १७

नयाँ आर्थिक वर्षको दोस्रो महिना सुरु हुँदा स्थानीय तहहरु नयाँ योजना कार्यान्वयनको पूर्व तयारीमा छन् । यही मेसोमा पोखरा महानगरपालिका वडा नं. १७ ले वडाका टोल विकास संस्था र सरोकारवालासँग छलफल गरेको छ । कार्यक्रममा सहभागीलाई वडामा परेका योजनाहरु कार्यान्वयन प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । इन्जिनियर रवीन्द्र गोदारले अब सञ्चालन हुने आयोजनामा हुन सक्ने प्राविधिक त्रुटि र उपभोक्ता समिति गठनका प्रावधानबारे प्रकाश पारे । पोखरा १७ की वडाध्यक्ष राधिका शाही… पुरा पढौ

घरपझोङ गाउँपालिका अध्यक्ष पक्राउ

घरपझोङ गाउँपालिका अध्यक्ष पक्राउ मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटल लक्ष्मीबाट उनीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । पहिचान खुल्ने डरले उनले प्रहरीलाई मोहन थकाली नाम बताएका थिए । उनीहरुको साथबाट चार लाख ४७ हजार ८० रूपैयाँ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं