वामपन्थी नेता एवं अग्रज मानवअधिकारवादी टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो ।
बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्षसमेत हुन् । संस्थाका अध्यक्ष सुनील पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको बताए ।
उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, ३ छोरी र नीतिनातिना छन् । उनको शव मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिने र त्यसपछि दाह संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।




