Uncategorized

आज मौषम बदलीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय रेखा भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी प्रणाली कम सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार मनसुनको न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली,… पुरा पढौ

करेन्ट लागेर २ जनाको मृत्यु

पर्वतको महाशीला–४ पाखापानी, पर्वतमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ ।  महाशीला गाउँपालिका–४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई… पुरा पढौ

फुटबल संघमा आवद्धको दुई दशकपछि लिग उपाधि

कास्की लिग फुटबल प्रतियोगिता शुरु भएको पनि १४ वर्ष वित्यो । दोस्रो जनआन्दोलन टुंङ्गिसकेको थियो । कास्की जिल्ला फुटबल संघको नेतृत्व खेमबहादुर गुरुङले लिएका थिए । फुटबल चारैतिर चकमन्नै थियो । उनै गुरुङले कास्की लिग शुरु गरे । फुटबल संघमा आवद्ध भएका क्लबलाई अनिवार्य सहभागित गराई लिगको शुरुवात गरेका थिए । त्यसको वर्षदिनपछि नाम परिवर्तन हुन पुग्यो । तत्कालिन कास्की जिल्ला फुटबल संघका महासचिव बलराम केसीको निधन भएपछि परिवर्तन गरिएको… पुरा पढौ

श्रीमतीको हत्या गरी श्रीमान् फरार

सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको हत्या गरी फरार भएका छन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए। घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको उनले बताए। प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। हत्यामा संलग्न प्रदीप फरार रहेको… पुरा पढौ

वास्तु दोषबाट बच्न घरको घडी कहाँ राख्ने ?

यदि तपाईं घरमा घडी समय हेर्नको लागि मात्र राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । बास्तु शास्त्रको अनुसार घडीले घरमा समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ । भारतीय शास्त्रको बास्तु र चीनको फेन्ग शुई शास्त्रको अनुसार हाम्रो घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछ । शास्त्रको अनुसार घरमा घडी झुन्ड्याउँदा सही दिशामा राख्नु जरुरी छ । अण्डाकार घडी अण्डाकार घडी घरको पश्चिम दिशामा राख्नुपर्छ । यसले… पुरा पढौ

जयनगर–जनकपुर रेलको नाम के राख्ने ?

भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् ।  चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्ने पनि चर्चा चल्न थालेको छ ।  एउटा रेलको नाम ‘जनकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण १७ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण १७ गते शुक्रबार, इस्वीसंवत अगष्त २ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको प्रतिपदा तिथि बिहानमा ८ बजेर ५२ मिनेटसम्म त्यसउप्रान्त द्धितीय तिथि लाग्नेछ । आज तिष्य नक्षत्र दिनमा १ बजेर २९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा सिद्धि, करणमा… पुरा पढौ

प्रियंका गान्धी कांग्रेस आईको अध्यक्ष !

भारतीय प्रतिपक्षी दल कांग्रेस आईको अध्यक्षमा प्रियंका गान्धीको नाम बाहिर आएको छ । कांग्रेसमा गान्धी परिवारको विरासत रहँदै आएकामा अब पालो प्रियंकाको आएको भन्दै उनकै नाममा सर्वसम्मत हुने संकेत देखिएको छ ।  राहुल गान्धीले पद त्यागेपछि प्रियंकालाई भावी अध्यक्षका रुपमा हेरिएको छ । कांग्रेसभित्र दिग्गज एवं पुराना नेताहरु रहे पनि उनीहरु गान्धी परिवारको लिगेसी भनेपछि सम्मान गर्ने गर्छन् ।  पंजाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले चंडिगढमा आयोजित कार्यक्रममा भने, ‘यदि प्रियंका… पुरा पढौ

विज्ञान हाजिरीजवाफ प्रतियोगिता हुने

विकासका लागि विज्ञान भन्ने मूल नाराका साथ स्थापित पोखराको पृथ्वीनारायण क्याम्पसस्थित प्राविधिक विज्ञान सचेतना समूहले विज्ञान हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । पोखरा महानगर भित्रका माध्यमिक विद्यालय सहभागी हुन पाउने प्रतियोगिता यही साउन २३ र २४ गते पोखराको नागढुंगास्थित नेशनल क्रियशन ऐकेडेमीमा हुने समूहका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रमका लागि गणेश प्रसाद अधिकारीलाई संयोजक चयन गरिएको सहसचिव तोरण भुगाइँले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले… पुरा पढौ

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख रंगेहात पक्राउ

जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य घुससहित रंगे पक्राउ परेका छन् । उनीसहित स्टोरकिपर रघुनाथ रेग्मी, हलुका सवारी चालक भवदत्त जैसी र लेखापाल हरिशंकर शर्माले कार्यालयबाट संचालीत विभिन्न कार्यक्रमवापतको पेशकी फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको लाई उनीहरुलाई सेवाग्राहीसँग १ लाख ३० हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं