ताजा समाचार

श्रावण १२ गते २०७६

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख रंगेहात पक्राउ

जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य घुससहित रंगे पक्राउ परेका छन् ।

उनीसहित स्टोरकिपर रघुनाथ रेग्मी, हलुका सवारी चालक भवदत्त जैसी र लेखापाल हरिशंकर शर्माले कार्यालयबाट संचालीत विभिन्न कार्यक्रमवापतको पेशकी फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको लाई उनीहरुलाई सेवाग्राहीसँग १ लाख ३० हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।