Uncategorized

दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।  रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले… पुरा पढौ

हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा शनिबार राति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् ।      जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ/नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखौंको धनमाल लुटेर लगेका छन् ।      उनका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद रु दुई लाख ५० हजार, छ तोला सुनका… पुरा पढौ

एक करोड २६ लाखसहित पाँच जना चिनियाँ पक्राउ

एक करोड २६ लाख नेपाली रुपैयाँसहित पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई शनिबार बेलुका दरबारमार्गबाट पक्राउ गरेको जनाएको छ । एउटा वाणिज्य बैंकको एटीएम प्रयोग गरेर उनीहरुले सो रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तर उनीहरुले एटीएम ह्याक गरेर रकम निकालेको आशंका गरिएको भए पनि पुष्टि भने हुन नसकेको  प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार… पुरा पढौ

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भरतपुरमा एक महिलाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो ।  विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही–४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी… पुरा पढौ

राजपाका अध्यक्षहरूबीच पानी बराबार, पार्टी फुट्दै त छैन ?

राष्ट्रिय जनता पार्टी नेपालभित्र सुरु भएको गुटबन्दी र विवाद यसरी बढेको छ कि अहिले अध्यक्ष मण्डलकै सदस्यहरूवीच बोलचाल बन्द भएको छ । समाजवादी पार्टीसँग एकीकरण गर्ने विषयमा सुरु भएको विवाद अहिले वार कि पारको स्थितिमा पुगेको छ । अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र अनिल झा एकातिर छन भने बाँकी ४ जना अध्यक्षहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरतसिंह भण्डारी अर्कोतिर छन् । सुरुमा झा–राजकिशोरलाई साथ दिएका ठाकुर… पुरा पढौ

कारको ठक्करबाट एक युवतीको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका छन् । ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको… पुरा पढौ

शुभकामना आमा समुहको अध्यक्षमा हिरा अधिकारी चयन

पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । दुई बर्षे कार्यकालका लागि समूहको उपाध्यक्षमा कोकिला श्रेष्ठ, सचिवमा रन्जिता सुवेदी, सह–सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा मिना द्धारे चयन भएका छन् ।त्यस्तै समूहको सदस्यहरूमा सृजना खनाल, मिठु द्धारे, राधा कार्की, प्रमिला शर्मा, विमला भुजेल, ममता पौडेल, देवी न्यौपाने, जमुना सोराली छन ।… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १२ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १२ गते बिहीबार, इस्वीसंवत अगष्त २९ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको चतुर्दशी तिथि रातिमा १० बजेर ५७ मिनेटसम्म त्यसउप्रान्त औंशी तिथि लाग्नेछ । आज अश्लेषा नक्षत्र रातिमा १० बजेर ४९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा परिध, करणमा… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १० गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १० गते मंगलबार, इस्वीसंवत अगष्त २७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको द्धाादशी तिथि रातिमा १० बजेर ५७ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज पुनवर्सु नक्षत्र रातिमा १० बजेर ४९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा सिद्धि, करणमा… पुरा पढौ

नेकपामा ४ केन्द्रीय सदस्य थपिए

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा ४ जना थपिएका छन्। सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले चार जनालाई मनोनीत गरेको हो। यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ। सोमबार थपिएका केन्द्रीय सदस्यमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राई छन् । उनीहरु नयाँ शक्ति र विप्लव नेकपाबाट आएका हुन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं