नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा ४ जना थपिएका छन्। सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले चार जनालाई मनोनीत गरेको हो।
यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ। सोमबार थपिएका केन्द्रीय सदस्यमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राई छन् । उनीहरु नयाँ शक्ति र विप्लव नेकपाबाट आएका हुन् ।






