ताजा समाचार

श्रावण १३ गते २०७६

विज्ञान हाजिरीजवाफ प्रतियोगिता हुने

विकासका लागि विज्ञान भन्ने मूल नाराका साथ स्थापित पोखराको पृथ्वीनारायण क्याम्पसस्थित प्राविधिक विज्ञान सचेतना समूहले विज्ञान हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ ।

पोखरा महानगर भित्रका माध्यमिक विद्यालय सहभागी हुन पाउने प्रतियोगिता यही साउन २३ र २४ गते पोखराको नागढुंगास्थित नेशनल क्रियशन ऐकेडेमीमा हुने समूहका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रमका लागि गणेश प्रसाद अधिकारीलाई संयोजक चयन गरिएको सहसचिव तोरण भुगाइँले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले साउन २० गतेसम्ममा नाम दर्ता गराउनुपर्नेछ ।