खेलकुद

नेपालले भोलि अष्ट्रेलियाको सामना गर्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार अस्ट्रेलियासँग खेल्दैछ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोलीसँग खेल्न लागेको हो । अस्ट्रेलियाको क्यानबेरास्थित जीयओ रंगशालामा नेपालले भोलि अस्ट्रेलियासँग विश्वकप छनोट खेल खेल्दैछ । खेल नेपाली समयअनुसार २ बजेर ४५ मिनेटमा हुँदैछ । नेपाली राष्ट्रिय टोली एक साताअघि नै अस्ट्रेलिया पुगेको हो ।  अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र त्यहाँको स्थानीय रंगशालामा प्रशिक्षण गर्नका लागि टोली चाँडै नै उताको पुगेको हो… पुरा पढौ

आधा सकियो पोखरा रंगशाला फुटबल मैदान निर्माण

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ । मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि फुटबल मैदानको काम दशैंको छेकोमै काम गरिएको छ । टिकाको दिनमात्रै काम रोकियो । फेरी काम धमाधम शुरु गरिएको छ । ट्रयाक एण्ड फिल्डमा सिन्थेटिक राख्न कालोपत्रे गरिएको छ । ‘पहिलो एक चरणको पिच गरिसकियो ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर… पुरा पढौ

नेपाल आयरल्यान्डसँग १३ रनले पराजित

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले पराजय बेहोरेको छ । १४६ रको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सकेको हो ।  आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य दिएकोमा नेपाल १३ रनले पराजित भयो । करन केसीले अन्तिममा निकै राम्रो प्रदर्शन गरेर आवश्यक २५ रन बनाउन प्रयत्न गरेपनि त्यो पर्याप्त हुन सकेन । उनले १६ रन बनाए । नेपालका लागि आरिफ सेखले… पुरा पढौ

नेपालले दोस्रो विकेट गुमायो

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । १० ओभर हुँदा नेपालले ७३ रनको अवस्थामा पाण्डेको विकेट गुमाएको हो ।  पाण्डेको विकेट आयरल्यान्डका ग्यारेथ डेलानीले झारे । यसअघि नेपालले पावरप्लेको समाप्तिमा ४५ रन बनाएको थियो । नेपालले कप्तान पारस खड्काको २५ रनमा आउट भइसकेका छन् । नेपाली टिमको स्कोर ३५ छँदा लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पारसले १४… पुरा पढौ

नेपाललाई १४६ रनको लक्ष्य, पूरा गर्न सक्ला ?

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले १४६ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा १४५ बनाएको हो । आयरल्यान्डका लागि पल स्टर्लिङले अर्धशततकीय पारी खेले । उनले ४७ बल खेलेर सर्वाधिक ५९ रन बनाए । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए ।  नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४… पुरा पढौ

नेपालले भोलि टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्ने, कस्ले जित्ला ?

ओमानमा जारी पाँच राष्ट्र सम्मलित अन्तर्राष्ट्रिय टि – ट्वान्टी सिरिज अन्तर्गत नेपालले भोलि बुधबार टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ ।ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा बिहान सवा ११ बजेपछि हुने यस खेललाई नेपाली समर्थकले बहुप्रतिक्षित खेलको रुपमा लिएका छ्न । पछिल्लो समय विश्वकप छ्नोटमा नेपालको प्रदर्शनसँगै नेपालको पीडा र नेपालको स्तर मापनका लागि पनि यो खेल उत्तिकौ महत्वपूर्ण रहेको छ ।अब तुलनात्मक रुपमा हेर्ने हो भने हामी भन्दा निकै पछि क्रिकेट… पुरा पढौ

नेपालले थप्यो रेकर्ड नै रेकर्ड

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले लगातार दोश्रो जित हाँसिल गर्ने क्रममा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्यो। खेलमा नेपालको लागि करन केसीले उत्कृस्ट अल-राउण्ड प्रदर्शन गर्दै रोमान्चक जित दिलाए। उत्कृस्ट इनिंग खेल्ने क्रममा करन केसीले थुप्रै किर्तिमान आफ्नो नाम गरेका छन् भने अन्य ठुला रेकर्ड पनि यो क्रममा बनेका छन् : १. एकै सिरिजमा सर्वाधिक विकेट  जारी सिरिजको हंगकंग र नेदरल्याण्ड बिरुद्ध खेलमा कुल ८ विकेट लिएका… पुरा पढौ

दशैंमा क्रिकेट प्रेमीलाई खुशी नै खुशी : नेपालको अर्को रोमाञ्चक जित

यस पटकको दशैं क्रिकेट प्रेमी नेपालीलाई खुशीको सीमा छैन । नेपाली टिमले एकपछि अर्को जित हासिल गरेपछि नेपाली क्रिकेटप्रेमी खुशी भएका हुन् । यसमा नेपाली क्रिकेट टिम धन्यवादको पात्र बनेका छन् । आइतबार हङकङमाथि शानदार जित हासिल गरेको नेपालले सोमबार पनि नेदरल्याण्डमाथि रोमाञ्चक जित हासिल गरेको छ । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हासल गरेको हो । अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको… पुरा पढौ

फुटबल खेलको विवादमा गोली चल्यो

फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा बनेपा, रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।” छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप… पुरा पढौ

नेपालको दोस्रो विकेट पतन, आरिफ सस्तैमा आउट

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले दास्रो विकेट गुमाएको छ । नेपाली टिमको स्कोर २९ छँदा लागि तीन नम्बरमा ब्याटिङ गर्न आएका आरिफ सेख सस्तैमा आउट भएका हुन् ।  उनले ६ बलमा २ रनमात्र बनाए । आरिफको विकेट कोलिन एकरमानले लिए । यसअघि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पवन सर्राफ १६ बल खेलेर ९ रनमा आउट भएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं