असाेज २२ गते २०७६

ताजा समाचार

असाेज २२ गते २०७६

नेपालले दोस्रो विकेट गुमायो



ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । १० ओभर हुँदा नेपालले ७३ रनको अवस्थामा पाण्डेको विकेट गुमाएको हो । 

पाण्डेको विकेट आयरल्यान्डका ग्यारेथ डेलानीले झारे । यसअघि नेपालले पावरप्लेको समाप्तिमा ४५ रन बनाएको थियो ।

नेपालले कप्तान पारस खड्काको २५ रनमा आउट भइसकेका छन् । नेपाली टिमको स्कोर ३५ छँदा लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पारसले १४ बल खेलेर २५ रनमा आउट भएका हुन् । 

यसअघि पल स्टर्लिङका ५९ रनको अर्धशतकीय पारीमा मद्दतमा आयरल्यान्डले १४५ रन बनाएको थियो । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोशोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए । पहिलो दुई खेल विजयी नेपाल तेस्रो जितको खोजीमा छ ।