खेलकुद

१३औं सागको खेल तालिका सार्वजनिक (तालिकासहित)

मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामा हुने भए पनि त्यसअघि नै भलिबलका खेल हुनेछन् ।  तालिका अनुसार काठमाडौं र पोखरामा हुने १३ औं सागका २७ खेलमा हुने प्रतियोगितामा भलिबलका खेल मंसिर ११ बाटै सुरु हुनेछन् ।  भलिबल मंसिर ११ देखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा… पुरा पढौ

इंग्ल्यान्डमाथि न्युजिल्यान्डको जित

न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ ।न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो । जितका लागि… पुरा पढौ

एमसीसीविरुद्ध बिनोद, ललित र पवन चम्किएपछि…

मेरीलेबन क्रिकेट क्लब (एमसीसी) ले दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमसंग हार बेहोरेको छ । पहिलो खेलमा एमसीसीले नेपाली यु–१९ टिमलाई ३८ रनले पराजित गरेको थियो । टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको एमसीसीले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०१ रनको योगफल तयार गर्दै नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले निर्धारित लक्ष्य ३७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । लक्ष्य पछ्याउने क्रममा १ समय… पुरा पढौ

जापानलाई हराउँदै अविरलले कायम गरे नयाँ इतिहास

युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन् । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका… पुरा पढौ

ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल,एमसीसी सँग

ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले आज मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वकप्तान पारस पनि यो खेलमा खेल्दैछन् ।… पुरा पढौ

चेल्सीलाई उछिन्दै लेस्टर तेस्रो स्थानमा

लेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोेलले हराउँदै लेस्टर तेस्रो स्थानमा उक्लिएको हो । यस जितसँगै लेस्टरले अंक तालिकामा चेल्सीलाई उछिनेको छ । लेस्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । घरेलु मैदानमा लेस्टरलाई जिताउन कागलर सोयुन्चु र जेमी भर्डीले गोल गोल गरे । ५७औं मिनेटमा सोयुन्चुले कर्नरबाट प्राप्त बलमा हेड गोल गरेका थिए । ८८औं मिनेटमा जेमी… पुरा पढौ

एमसीसीसँग नेपाल पराजित

उत्कृष्ट प्रदर्शनका बाबजुत पनि नेपाली यू–१९ क्रिकेट टोली नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पराजित भएको छ । आइतबार भएको खेमला नेपाल एमसीसीसँग ३८ रनले पराजित भएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो ।  एमसीसीले दिएको ३३५ रनको फराकिलो लक्ष्य पच्छ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै… पुरा पढौ

न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड पराजित

न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी २० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि गत शुक्रबार भएको पहिलो टी २० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । न्यूजील्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१… पुरा पढौ

प्रिमियर लिगका आठ खेलमा २२ गोल, यस्तो छ परिणाम

इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल भएका छन् । जसमा २२ गोल भएको छ । चेल्सीले सुधार गर्दा म्यान्चेस्टर युनाइटेड फेरि हार्न पुगेको छ ।  लिभरपुलले पुनरागमन गर्दा म्यान्चेस्टर सिटी पनि विजयी हुन पुगेको छ । ११ औं चरणसम्म आइपुग्दा लिभरपुल शीर्ष स्थानमा पुग्दा म्यान्चेस्टर सिटीले पनि पछ्याइरहेको छ ।  यस्तो छ परिणाम–बर्नमाउथ १–० म्यान्चेस्टर युनाइटेडआर्सनल १–१ वुल्भरह्याम्पटन वान्डेरर्सएस्टन भिल्ला (ट्रेजग्वेड) १–२ लिभरपुल (एन्डी रोबर्टसन र सादियो माने)ब्राइटन… पुरा पढौ

बार्सिलोनाको हार, रियाल मड्रिड बराबरीमै

स्पेनिश लिग ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले लज्जास्पद हार हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्तेसंग ३–१ गोल अन्तरले पराजित भयो ।  लेभान्तेको मैदानमा लियोनल मेस्सीको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिए पनि दोस्रो हाफमा लगातार तीन गोल खाँदै बार्सिलोना पराजित भएको हो ।  यो हारले भने दोस्रो स्थानको रियाल मड्रिडले अंक बराबरी गर्न पुगेको छ ।  रियालले अग्रता लिने अवसर गुमाए पनि रियाल बेटिससंग गोलरहित बराबरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं