ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले आज मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०सँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो ।
केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वकप्तान पारस पनि यो खेलमा खेल्दैछन् ।
बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ ।




