एमसीसीसँग नेपाल पराजित

उत्कृष्ट प्रदर्शनका बाबजुत पनि नेपाली यू–१९ क्रिकेट टोली नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पराजित भएको छ ।

आइतबार भएको खेमला नेपाल एमसीसीसँग ३८ रनले पराजित भएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो । 

एमसीसीले दिएको ३३५ रनको फराकिलो लक्ष्य पच्छ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि हरि चौहानले अर्धशतकीय पारी खेले । उनले ५२ रनको योगदान गरे ।  त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान रित गौतमले ४५ रन बनाए । 

नेपालका लागि आकाश चन्द ३० रन बनाउँदा शेर मल्लले २८ रनको योगदान गरे । खडक बोहोरा २६ रन बनाउँदा लोकेश बमले १८ तथा विशाल केसीले १३ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीका लागि टोम वेस्टली अर्धशतकीय पारी खेले । उनले ६५ रन बनाए । त्यस्तै माइल्स होमाल्डले पनि अर्धशतक बनाउन सफल भए । उनले पनि एमसीसीका लागि ६५ रन बनाएका हुन् । 

एमसीसीका लागि इडी योङले ४५ रनको यागदान गर्दा विल्ली गोडलेमनले २२ रन बनाउन सफल भए । त्यस्तै भन्डेरेस्पर २४ रन बनाए । बलिङतर्फ नेपालका लागि सागर ढकाल र शेर मल्लले दुई दुई विकेट लिए ।

त्यस्तै कुशल मल्ल, हरी चौहान र आकाश चन्दले एक विकेट लिए ।  नेपालसँग एमसीसीसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो ।

एमसीसीले भ्रमण गरेपछि २०१८ मा नेपालले एमसीसीको घरेलु मैदान लर्डस्मा त्रिकोणात्मक सिरिज खेलेको थियो ।