खेलकुद

‘पाँचौं धारा नेपालगञ्ज म्याराथन’ शनिबार हुदैं

मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन हुदैं छ । धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै गएको म्याराथनलाई तोरीको तेलसँग मुख्य प्रायोजकका रुपमा सहकार्य गरको छ । धारा नेपालगन्ज म्याराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका हुन् । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरको रुपमा परिचित छ । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत… पुरा पढौ

‘देश्ना स्मृति भेट्रान्स कप’ को उपाधि नयाँगल्लीलाई

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्ली) ले जितेको छ । पुरानो टुँडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा एलजी एशोसियसनलाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै आयोजनकले उपाधि जितेको हो । आयोजकको जितका लागि सन्तोष गुरुङले १ र नरेश केसीले २ गोल गरे । खेल अवधिभर एलजीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्न… पुरा पढौ

सागको पुर्वाधार अन्तिम चरणमा–मन्त्री विक

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुर्वाधार निर्माण अन्तिम चरणमा रहेकोले साग हुदैन भनेर टिका टिप्पणी गर्न नहुने जिकिर गरेका छन् । पोखरा रंगशालाभित्र निर्माणाधिन पुर्वाधार निरिक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विकले फुटबल मैदान दुईसाताभित्रमा तयार भईसक्ने दावी गरे । ‘निर्माण कम्पनीले दुईसाताभित्रमा मैदान तयार हुने प्रतिबद्धता गरेका छन् ।’ उनले भने–‘त्यसपछि मैदानमा फुटबल आयोजना गरिन्छ । ढुक्क हुनुहोस ।’ भौतिक पुवार्धारले खेलमा कुनै समस्या नहुने उनको भनाई थियो… पुरा पढौ

महिला सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो ।शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५-१३, २५-१२ र २५-८ को सेटमा पराजित गर्यो । योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । नेपाली भलिबलले जितेको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि… पुरा पढौ

नेपाल राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

बंगलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ । कात्तिक २८ देखि मंसिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली सोमबार बंगलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मंगलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष… पुरा पढौ

महिला भलिबल टोली किर्गिस्तानसँग खेल्दै

बंगलादेशमा जारी एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको दोस्रो खेलमा नेपाल आज किर्गिस्तानसँग खेल्दै छ। पहिलो खेलमा अफगानिस्तानलाई सहजै पराजित गरेको नेपालले लगातार दोस्रो खेल किर्गिस्तानसँग खेल्ने छ । नेपालले पहिलो पटक महिला भलिबलमा किर्गिस्तानसँग प्रतिष्पर्धा गर्न लागेको छ। ढाका मिरपुरस्थित शहीद सुह्रावर्दी ईन्डोर स्टेडियममा नेपाल र किर्गिस्तानबीचको खेल अब केही बेरपछि सुरु हुँदै छ। किर्गिस्तान पहिलो खेलमा माल्दिभ्ससँग ३–२ को सेटमा पराजित गरेको थियो। नेपालले भने आफ्नो पहिलो… पुरा पढौ

अफगानिस्तानमाथि नेपालको सहज जित

बंगलादेशको ढाकामा आइतबार भएको प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अरुणा शाहीको कप्तानीमा पहिलो पटक मैदानमा उत्रिएको नेपालले पहिलो खेलमा नै राम्रो सुरुवात गरेको हो। आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमा हराएको छ । प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी भएको खेलमा नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्ने छ । पुरा पढौ

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गोल गरे । त्यस्तै, सर्जियो बुसक्वएटको नाममा एक गोल रह्यो । यता, सेल्टाको लागि भने लुकास ओलजाले एक गोल फर्काएका थिए । खेलको २३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा ओलजाले गोल… पुरा पढौ

नेपाल इरानसँग पराजित

नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो ।  पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘डी’ मा रहेको नेपालले लगातार दुई हार खेपेको छ । अंक विहिन नेपाल समूहको अन्तिममा छ ।  पहिलो खेलमा पनि नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग… पुरा पढौ

एमसीसीसँग नेपाल पराजित

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको तीन दिवसिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । एमसीसीले प्रस्तुत गरेको ३९३ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा सम्पूर्ण किवेट गुमाउँदै १८४ रन बनाउन सक्यो ।  एमसीसीले पहिलो इनिङमा एमसीसी ३६४ रनमा अल आउट भएको थियो । नेपाल १५३ रनमा अल आउट हुँदै २११ रनले पछि परेको थियो । दोस्रो इनिङमा एमसीसीले १८१ रनमा ६ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । … पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं