महिला भलिबल टोली किर्गिस्तानसँग खेल्दै

बंगलादेशमा जारी एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको दोस्रो खेलमा नेपाल आज किर्गिस्तानसँग खेल्दै छ।

पहिलो खेलमा अफगानिस्तानलाई सहजै पराजित गरेको नेपालले लगातार दोस्रो खेल किर्गिस्तानसँग खेल्ने छ । नेपालले पहिलो पटक महिला भलिबलमा किर्गिस्तानसँग प्रतिष्पर्धा गर्न लागेको छ।

ढाका मिरपुरस्थित शहीद सुह्रावर्दी ईन्डोर स्टेडियममा नेपाल र किर्गिस्तानबीचको खेल अब केही बेरपछि सुरु हुँदै छ। किर्गिस्तान पहिलो खेलमा माल्दिभ्ससँग ३–२ को सेटमा पराजित गरेको थियो।

नेपालले भने आफ्नो पहिलो खेलमा सोझो सेटमा एकपछिय नतिजा निकाल्दै महत्वपुर्ण अंक हात पार्न सफल भएको थियो। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको च्याम्पियनसीपमा नेपालले २६ कात्तिकमा बंगलादेश र २७ कात्तिकमा माल्दिभ्ससँग प्रतिष्पर्धा गर्ने छ।