खेलकुद

महिला फुटबल टोली राजधानीतिर

गण्डकी प्रदेशको महिला फुटबल टोली छैटौं प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन मंगलबार काठमाडौं प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङले बिदाइ गरेका हुन । मंसिर ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा सहभागिता जनाउने १८ सदस्यीय टिममा साबित्री किसान, जिनमाया थापामगर, पुष्पा गुरुङ, रेणुका हमाल, पविता थापामगर, मनिसा पगेनी, धनमाया गुरुङ, मनमाया परियार, पार्वती रानामगर, रिया… पुरा पढौ

म्याराथन टोली जापान प्रस्थान

मित्र राष्ट्र जापानको ओसाकामा नोभेम्बर २५ तारिखमा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान ग¥यो । नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच बिदाई गरे । नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर र… पुरा पढौ

गाउ र गाउपालिकाको सपना हाईअल्टिच्यूट तालिमकेन्द्र

सुन्दरकुमार थकाली मुस्ताङ,३ मंसिर मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका र छेङ्गूरवासीको यतिबेला एउटै सपना छ ,गाउमा उच्चशिखर अर्थात (हाईअल्टिच्यूट) खेलग्राम तालिमकेन्द्र बनोस् ।यो छेङ्गूरवासीको धेरै पहिलेको सपना थियो ।उनीहरुले यसका लागि बेलाबेलामा गाउँमाथिको छेङ्गूर आधारभूत बिद्यालय अगाडीको पाखो सम्याउदै स्तरोन्नति गर्दै आए ।अहिले यहि सपना पूरा गर्न गाउँपालिकाले समेत सक्रियता देखाएको छ ।गाउँपालिकाको समन्वयमा गाउबासी,क्लव र आमा समूहले समेत बिभिन्न आर्थिक श्रोत निर्माण जुटाएर हाईअल्टिच्यूट खेल मैदान सम्याउने देखि फराकिलो बनाउनेकार्य… पुरा पढौ

ब्याडमिन्टनमा सूर्य र सोममाया विजयी

आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा व्यवसायी समूहका सूर्यबहादुर केसी र सोममाया मगरको जोडी विजयी भएको छ । सातौं राष्ट्रिय कर दिवसको अवसरमा भएको प्रतियोगितामा कर सहयोगी समूहका सुदीप अधिकारी र विजय यादवको जोडी दोस्रो भयो । मुस्ताङचोकको सिरमोर बुल्स क्लबमा भएको डबल्स प्रतियोगितामा कर्मचारी, व्यवसायी, लेखा परीक्षक र कर सहयोगीका १० जोडीले भाग लिएका थिए । विजयी खेलाडीलाई आगामी शुक्रबार समापन समारोहमा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक आन्तरिक… पुरा पढौ

एटिएफ यु १४ टेनिस सुरु

पोखरा रंगशालाको टेनिस कोर्टमा भएको एसियन टेनिस फेडेरेसन (एटिएफ) यु – १४ टेनिस च्याम्पियनसिप र सर्किट १÷२ को प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा पाकिस्तान, भारत, हङकङ र नेपालबाट खेलाडी सहभागी छन् । सोमबारको पहिलो खेलमा सौगात विकले सफल श्रेष्ठलाई ६ – ०, ६ – ३ को सेटले भारतका अचिन्त्य वर्माले छिरिङ तिमिल्सीनालाई ६–७, ६–४, ६–२ को सेटले पराजित गरे । यस्तै… पुरा पढौ

हामी गल्तीबाटै सिक्छौँ : सन्दीप लामिछाने

‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।’ उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो र नेपाली प्रसंशक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । ‘म हरेक खेलमा शतप्रतिशत दिने प्रयास… पुरा पढौ

इपिएललाई आइसिसीको मान्यता

आगामी मंसिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ । इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ । “अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रु २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसिसीलाई पठाएका… पुरा पढौ

सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्समै

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई ३२ लाखमा अनुबन्ध गरेको थियो । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई ३२ लाखमा अनुबन्ध गरेको… पुरा पढौ

जिल्ला क्रिकेट संघ पर्वतमा रेशम

जिल्ला क्रिकेट संघ पर्वतको अध्यक्षमा रेशमबहादुर केसी निर्विरोध भएका छन । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा बसेको भेलाले केसीलाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दीपेन्द्र शर्मा लामिछाने, कोषध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन भने सदस्यमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल छन् । विशेष सल्लाहकारमा शिव शर्मा बास्तोला र मोहन आचार्य छन् । अध्यक्ष केसीले विगतमा धेरै क्रिकेट प्रतियोगिता आयोजना… पुरा पढौ

मनकामना केबलकार कप माघमा

मनकामना केबलकार कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि पोखरा रंगशालामा हुने भएको छ । आयोजक कास्की जिल्ला फुटबल संघले तेस्रो संस्करणको प्रतियोगिता तयारी सुरु गरेको छ । ‘प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत मैदानको स्तरोन्नतिको काम भइरहेको छ’–संघ कास्कीका अध्यक्ष मिलन गुरुङले भने । मैदान गोडमेलका लागि अहिले दैनिक १० जनाले काम गरिरहेका छन् । मैदान सम्याउने, झार उखेल्ने र दुबो रोप्ने काम अर्को हप्तासम्म सकिने अध्यक्ष गुरुङले बताए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं