आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा व्यवसायी समूहका सूर्यबहादुर केसी र सोममाया मगरको जोडी विजयी भएको छ ।
सातौं राष्ट्रिय कर दिवसको अवसरमा भएको प्रतियोगितामा कर सहयोगी समूहका सुदीप अधिकारी र विजय यादवको जोडी दोस्रो भयो ।
मुस्ताङचोकको सिरमोर बुल्स क्लबमा भएको डबल्स प्रतियोगितामा कर्मचारी, व्यवसायी, लेखा परीक्षक र कर सहयोगीका १० जोडीले भाग लिएका थिए ।
विजयी खेलाडीलाई आगामी शुक्रबार समापन समारोहमा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उद्धव न्यौपाने बताए ।