पोखरा रंगशालाको टेनिस कोर्टमा भएको एसियन टेनिस फेडेरेसन (एटिएफ) यु – १४ टेनिस च्याम्पियनसिप र सर्किट १÷२ को प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा पाकिस्तान, भारत, हङकङ र नेपालबाट खेलाडी सहभागी छन् ।
सोमबारको पहिलो खेलमा सौगात विकले सफल श्रेष्ठलाई ६ – ०, ६ – ३ को सेटले भारतका अचिन्त्य वर्माले छिरिङ तिमिल्सीनालाई ६–७, ६–४, ६–२ को सेटले पराजित गरे । यस्तै दोस्रो कोर्टमा निसान गुरुङले श्लोक केशर खड्कालाई ६ ४, ६ १ को सेटले प्रितम परियारले निहाल जंगबहादुर थापालाई ६– १, ७– ६ (२) को सेटले पराजित गरे ।
दोस्रो खेलमा श्रेयस पौडेलले श्रीयोग अधिकारीलाई ६–३, ३–६, ६–३ को सेटले पराजित गरे । दोस्रो कोर्टमा राज बहादुर प्रधानले भारतका आयुष भारद्वाजलाई ६–०, ६–३ को सेटले पराजित गरे । यस्तै आयुष्मान हजुर घलले संजय पहारीलाई ६–०, ६–० को सेटले पराजित गरे । सक्षम विक्रम शाहले आयुष पहारीलाई ६–०, ६–३ को सेटले पराजित गरे ।
गर्लस तर्फ श्रेया भट्टराइले अधिया पौडेललाई ६–२, ६–२ को सेटमा । इसा श्री शाहले सुनिरा थापालाई ६–२, ६–२ को सेटमा । सुभागीलक्ष्मि शाहले प्रकृति श्रेष्ठले ६–४, ६–३ को सेटले पराजित गरे । खेल मंसिर १५ गतेसम्म चल्नेछ ।