खेलकुद

पाकिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

इस्लामाबाद–पाकिस्तानले भारतमा भइरहेको टि–२० क्रिकेट प्रतियोगिता (आइपिएल) को प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मंगलबार भएको मन्त्रीमण्डलको बैठकमा यो निर्णय गरेको जानकारी दिए ।  इमरान खान पाकिस्तानको विश्वविजेता क्रिकेट टिमका कप्तानसमेत थिए ।  फवाद चौधरी भन्छन् ‘भारतले पाकिस्तानको क्रिकेटमा क्षती पुर्याउन संगठित प्रयास गरेको छ । भारतको घरेलु टुर्नामेन्टको प्रचारप्रसार गर्न स्वीकृति दिनुको कुनै अर्थ छैन् । अब पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक… पुरा पढौ

रोहितको कप्तानीमा विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

आईसीसी यू-१९ विश्वकप छनोटको लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ । राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक मुख्य प्रतियोगितामा कप्तानको भुमिकाको जिम्मेवारी छ । यसअघि भारत भ्रमणमा अभ्यासको लागि रोहितलेनै कप्तानी सम्हालेका थिए । घोषणा गरेका टोलीमा प्रतिस जिसी,कुशल मल्ल, हरिबहादुर चौहान र अभिषेक बस्नेतले पहिलो पटक यू-१९ टोलीमा मौका बनाएका छन् । भारतको आन्द्र स्टेट… पुरा पढौ

पोखरामा कुराश खेलको अन्तराष्ट्रिय रेफ्री सेमिनार

नेपाल भित्रिएको दुई वर्षपछि  पहिलो पटक कुराश खेल सम्बन्धी अन्तराष्ट्रिय रेफ्री सेमीनार पोखरामा शुरु भएको छ । नेपालसहित कुवेत, हङकङ, थाइल्याण्ड, इन्डोनेसिया, ताइवान, काजकिस्तान र अफगानिस्तानसहित ९ देशका ३३ जना रेफ्रीहरु सेमिनारमा सहभागिता जनाएका छन् । सेमिनार दुई दिन चल्ने छ । सेमिनारमा कुराश खेलको बारेमा जानकारी दिईने छ । नेपाली १५ र विदेशी १८ जनाको सहभागिता रहेको छ । उज्वेकिस्तानबाट शुरु भएको कुराश खेल नेपालमा सन २०१६ मा भित्रिएको… पुरा पढौ

क्रिकेट रंगशालालाई स्वीडेनबाट सहयोग

स्वीडेनमा रहेका केही नेपालीले भरतपुरमा बन्दै गरेको अन्तर्राष्टिय क्रिकेट रंगशालालाई सहयोग गरेका छन् । उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको खातामा ७७ हजार १५० रुपया जम्मा गरेका हुन् । स्वीडेनमा रहेका सुमन बरालले भने, ठुलो रकम होइन । तथापि हाम्रो पनि नैतिक समर्थन छ, हाम्रो पनि हैसे छ भन्न का लागि पनि सानो कोसिस गरेका छौं । रंगशालाका लागि सुमन बरालले १ हजार १ सय ११, तेजप्रसाद बाराकोटी ३ सय १, राम… पुरा पढौ

एसईई दिएर बसेका विद्यार्थीलाई एक महिना मुवाथाईको निशुल्क प्रशिक्षण

कास्की जिल्ला मुवाथाई किक बक्सिङ संघले एस ई ई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै एक महिने निशुल्क मुवाथाई प्रशिक्षण गराउने जनाएको छ । भर्खरै मात्रै ओलम्पिक कमिटिले समेत मान्यता प्रदान गरेको मुवाथाई खेलको विकास र विस्तार गर्ने उद्देश्यले विद्यार्थीलाई प्रतिरक्षा तालिम दिईने संघका प्रशिक्षक दिपकबहादुर गोदारले सुनाए । संघले विशेष गरी विद्यार्थीलाई सेल्फ डिफेन्सको तालिम प्रदान गर्ने जनाएको छ । व्यावसायिक तालिम लिने युवा पुस्तालाई समेत पोखरा रंगशालामा मुवाथाईको… पुरा पढौ

प्रदेशस्तरीय यु–१६ क्रिकेट मङ्गलबारदेखि

युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ । यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा सात प्रदेश सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए… पुरा पढौ

टी-२० फे्रन्चाईच क्रिकेटको लागि खेलाडीको अक्सन

एन सी एल स्पोर्ट्स प्रा लि द्वारा बिराटनगरको बैजनाथ क्रिकेट मैदानमा आगामी बैसाख ७(१४ सम्म संचालन हुने वुमन्स टि-२० लिगु को अक्सन आज काठ्माण्डौमा सम्पन्न भएको छ। सम्पन्न अक्सनमा दर्ता भएका कुल ८० खेलाडिहरु मध्ये हरेक टिमले १३ र १३ जना खेलाडीहरु खरिद गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा, करुणा भन्डारी चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध… पुरा पढौ

गल्फ मन्थ्ली उपाधि थापालाई

शनिबार हिमालयन गल्फ कोर्षमा आयोजित स्टेबल फोर्डमा खेलिएको खेलमा बलराम थापा च्याम्पिनय बनेका छन् । फुल ह्याण्डीक्यापमा खेलिएको खेलमा थापाले ३४ स्कोरको कार्ड बनाउँदै उपाधि जितेका हुन् । अर्जुन गुरुङ भने दोस्रो स्थानमा चित्त बुझाए । उनले ३२ को कार्ड बनाए । तेस्रो स्थानमा भने गुमकाजी गुरुङ रहने क्रममा ३२ कै कार्ड बनाएका थिए । उनी काउण्ट व्याकमा पछि पर्दै तेस्रो स्थानमा खुम्चिन पुगेका हुन् । प्रतियोगितामा २४ गल्फरले सहभागिता… पुरा पढौ

मैत्रीपूर्ण क्रिकेटमा मन्त्रीले बनाए २ रन

आफ्नो सधैँको व्यस्त दैनिकीबीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ आज पोखरा रङ्गशालामा उपस्थित भए । बिहान १० बजे रङ्गशालाभित्रको क्रिकेट मैदानमा पुगेका मन्त्री गुरुङले करीब दुई घण्टाको समय रङ्गशालामा व्यतित गरे । उनि रङ्गशालामा कुनै खेलकूद प्रतियोगिताको उद्घाटन, शिलान्यास तथा भाषणका लागि पुगेका होईनन् ।  मन्त्री गुरुङको रङ्गशाला जाने सन्दर्भ थियो, प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल… पुरा पढौ

गल्फमा बलराम थापा विजयी

हिमालयन गल्फ मन्थी मेडल प्रतियोगितामा बलराम थापा विजयी भएका छन् । ३४ स्कोर प्राप्त गरेर थापा विजेता बनेका हुन् । खेलमा रनर अप र फस्ट रनर अपको उपाधि क्रमश अर्जुन गुरुङ र ज्ञानकाजी गुरुङले हात पारे । हिमालयन गल्फ कोर्सको आयोजनामा मझेरीपाटनमा भएको खेलमा २४ जना खेलाडिले प्रतिश्पर्धा गरेका थिए । विजयीलाई बेलायती नागरिक लेज मार्सलले पुरस्कारस्वरुप ट्रफी प्रदान गरिएको थियो । विजयी बलराम थापाले गल्फ खेललाई व्यावसायिक बनाउनु पर्नेमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं