आईसीसी यू-१९ विश्वकप छनोटको लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ । राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक मुख्य प्रतियोगितामा कप्तानको भुमिकाको जिम्मेवारी छ ।
यसअघि भारत भ्रमणमा अभ्यासको लागि रोहितलेनै कप्तानी सम्हालेका थिए । घोषणा गरेका टोलीमा प्रतिस जिसी,कुशल मल्ल, हरिबहादुर चौहान र अभिषेक बस्नेतले पहिलो पटक यू-१९ टोलीमा मौका बनाएका छन् । भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ६ अभ्यास खेलपछि आगमी महिला मलेसियामा हुने यू-१९ विश्वकप छनोटको लागि १४ सदस्य अन्तिम टोलीको घोषणा भएको हो । टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् ।
यू१९ विश्वकप छनोटका लागि घोषणा भएका १४ सदस्य टोली सदस्यमा आशिफ शेख, पवन सरार्फ, भीम सार्की, सन्दीप जोरा, सागर ढकाल, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सूर्य तामाङ, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिस जिसी छन् । त्यसैगरी बैकल्पिक खेलाडीमा आकाश चन्द, रवि कुमार, लोकेश बहादुर बम, शेर मल्ल छ्न ।
source:kheladinews





