स्वीडेनमा रहेका केही नेपालीले भरतपुरमा बन्दै गरेको अन्तर्राष्टिय क्रिकेट रंगशालालाई सहयोग गरेका छन् । उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको खातामा ७७ हजार १५० रुपया जम्मा गरेका हुन् ।
स्वीडेनमा रहेका सुमन बरालले भने, ठुलो रकम होइन । तथापि हाम्रो पनि नैतिक समर्थन छ, हाम्रो पनि हैसे छ भन्न का लागि पनि सानो कोसिस गरेका छौं ।
रंगशालाका लागि सुमन बरालले १ हजार १ सय ११, तेजप्रसाद बाराकोटी ३ सय १, राम गुरुङ ५ सय १, महेश भट्टराई ३ सय, गंगाप्रसाद घिमिरे ५ सय १, सुवास अधिकारी ५ सय, दीपक पौडेल ४ सय ४४, राजीवबहादुर जोन्छे ५ सय ५५, श्रीयान्स न्यौपाने २ सय १, दीप शर्मा ३ सय, विनोद बानियाँ ५ सय ५५, महेशकुमार खरेल १ हजार र सुधन रेग्मीले २ सय स्विडिस क्रोनर सहयोग गरेका छन् ।




