गल्फमा बलराम थापा विजयी

हिमालयन गल्फ मन्थी मेडल प्रतियोगितामा बलराम थापा विजयी भएका छन् । ३४ स्कोर प्राप्त गरेर थापा विजेता बनेका हुन् ।

खेलमा रनर अप र फस्ट रनर अपको उपाधि क्रमश अर्जुन गुरुङ र ज्ञानकाजी गुरुङले हात पारे । हिमालयन गल्फ कोर्सको आयोजनामा मझेरीपाटनमा भएको खेलमा २४ जना खेलाडिले प्रतिश्पर्धा गरेका थिए ।

विजयीलाई बेलायती नागरिक लेज मार्सलले पुरस्कारस्वरुप ट्रफी प्रदान गरिएको थियो । विजयी बलराम थापाले गल्फ खेललाई व्यावसायिक बनाउनु पर्नेमा जोड दिए । उनले पोखराको पर्यटन विकासमा गल्फ नयाँ आयाम हुने उल्लेख गरे ।