समाचार

नेपाल विद्यार्थी संघ दक्षिण कोरियामा नयाँ समिति

नेपाल विद्यार्थी संघ दक्षिण कोरियाको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको अध्यक्ष राजमणि सिग्देल, उपाध्यक्षद्वय सुन्दर कुंवर र सन्तोष लामिछाने, सचिव प्रीति चौधरी, कोषाध्यक्ष गुणेन्द्रप्रसाद ओझा र सदस्यमा आयुष भट्ट, आनन्द बराल लगायत छन् । पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ नेविसंघका पूर्व सभापति ई राजमणि सिग्देल र पोखरा विश्वविद्यालयका स्कुल अफ हेल्थ एण्ड साईन्सका पूर्व नेविसंघ सभापति सन्तोष लामिछाने संस्थापक सभापति र वरिष्ठ उपसभापतिमा निर्वाचित भएका… पुरा पढौ

बाबा आनन्द प्रतिभा छनोट समिति गठन

बाबा आनन्द सञ्चार पत्रकारिता पुरस्कार प्रदानका लागि प्रतिभा छनोट समिति गठन भएको छ । बाल अधिकार संरक्षण, प्रवद्र्धन र वातावरण संरक्षण विषयमा केन्द्रित लेख तथा समाचार प्रसारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई यो पुरस्कार प्रदान गरिन्छ । बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित सञ्चार पत्रकारिता प्रतिभा छनोट समितिले पुरस्कार २०७५ प्रदान गर्ने व्यक्तित्व सिफारिस गर्ने छ । नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघ कास्की… पुरा पढौ

गलकोटमा प्याराग्लाइडिङ सफल

गलकोट नगरपालिकाका ३ स्थानमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । गलकोट ७ मल्म, राम्चेढुङ्गा ५ हरिचौरको सर्दाखेत तथा ४ नरेठाँटीको सेतीघडेरीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । गलकोट महोत्सवको अवसर पारेर प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । चालक दुर्योधन खड्का र निरञ्जन कुँवरले गलकोटको आकाशमा सफलतापूर्वक उडान भरेका थिए । प्याराग्लाइडिङमा चालक खड्काको १० वर्ष र कुँवरको ६ वर्षे अनुभव छ । उडानअघि धावनमार्ग र अवतरणस्थलको सम्भाव्यता… पुरा पढौ

श्रीमती हत्या आरोपमा पक्राउ

पोखरा ३० का दुर्गा घर्तीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले कात्तिक २२ गते बेलुका श्रीमती सर्मिलाको हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य झगडामा श्रीमान श्रीमती धकेलाधकेल हुँदा श्रीमतीको टाउको काटेको दुर्गाले बयान दिएका छन् । श्रीमतीको टाउकोमा काटेपछि प्राथमिक उपचार गरेर आफू सामान लिन बजार गएको आउँदा श्रीमतीको मृत्यु भइसकेको दुर्गाले प्रहरीलाई बयान दिएका छन् । मृत्यु भएको थाहा पाएपछि उनी छोरीसहित बुटबल पुगेका… पुरा पढौ

काहुँडाँडामा मंसिर २८ बाट महोत्सव

पोखरा वडा नं. ११ काहुँमा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । मंसिर २८ देखि पुस ८ गतेसम्म धरहरा परिसरमा महोत्सव गर्न लागिएको हो । महोत्सवमा जनकल्याण युवा क्लब मुख्य आयोजक र फूलबारी क्लब सहआयोजक छन् । महोत्सवका लागि जनकल्याण क्लबका अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । पर्यटन र विकास प्रवद्र्र्धनका लागि हुन लागेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति,… पुरा पढौ

इलेक्ट्रिक स्कुटर पोखरामा

उकालो होस् कि ओरालो मज्जाले तानोस्, हेर्दा गज्जबको लुक्स होस्, मूल्य पनि धेरै नपरोस् । दैनिक खर्च भइरहने पेट्रोल पनि हाल्नु नपरोस् । यस्तो स्मार्ट सवारीको खोजीमा हुनुहुन्छ ? यस्तो सवारी तपाईको रोजाइ हो भने तपाईको छनौट सहरमा आइपुगेको छ । माछापुच्छ«े अटोमोबाइल्स सिमलचौर पोखराले यस्तै विशेषता भएका विभिन्न मोडेलका स्कुटर बिक्री सुरु गरेको छ । रिमोर्टबाट पांग्रा लक गर्न मिल्ने, ब्याक गियरसमेत भएका यस्ता स्कुटर राजधानीपछि पोखरामा भिœयाइएको हो… पुरा पढौ

धर्मशीला सम्मान मिन गुरुलाई

धर्मशीला विद्वत वृत्ति २०७५ बाट परियति केन्द्र प्रमुख मिन गुरुलाई सम्मान गरिने भएको छ । भिक्षु धज्जवन्तोको अध्यक्षतामा मंगलबार बसेको धर्मशीला विद्धत वृत्ति व्यवस्थापन समितिको बैठकले मिन गुरुलाई सम्मान गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ गते धर्मशीला गुरुमाको पुण्यतिथिमा उनलाई सम्मान गरिनेछ । नदीपुर स्थित धर्मशीला बुद्धविहारकी संस्थापिका अनागरिका धर्मशीला गुरुमाको नाममा अनागरिका कर्मशीलाले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ । पुरस्कार राशि नगद १५ हजार र ताम्रपत्र… पुरा पढौ

कास्की कांग्रेसको चियापान

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याई गर्न नहुने बताएका छन् । लामो समयको त्यागबाट प्राप्त उपलब्ध संस्थागत गर्न राजनीतिक दलको सहमति, सहकार्य र एकता कायम हुनुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस कास्कीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा कोइरालाले सरकार असफल भए संघीयता असफल हुने उल्लेख गरे । उनले सुरक्षा संयन्त्र बलियो बनाउन प्रदेशलाई सुरक्षाको जिम्मा दिन केन्द्रीय सरकारलाई अनुरोध गरे । कास्की सभापति कृष्ण… पुरा पढौ

पोखरालाई पोखरा प्रिमियर लिग 

भुवन कार्कीको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले क्रस स्वीप गर्दै चौका हानेपछि पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । रवि इन्दर सिंहको ठोस ईनिङ्समा तेस्रो पे्रmन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको पोखराबाट शुरु भएको पहिलो संस्करणकोे पोखरा प्रिमियर लिगको उपाघि घरेलु टोलीले उचाल्यो । रवि इन्दर सिंहले ५८ बलमा ९० रनको महत्वपूर्ण इनिङ्समा पोखरा पल्टनले मंगलबार चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै २७ लाख राशीको… पुरा पढौ

कगेश्वरीमा २२७ किलोको कागको मूर्ति

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुलका ब्राह्मण वटुकबाट हिन्दू धार्मिक विधिअनुसार गागलफेदी गुम्बाका लामाबाट बौद्ध परम्परा अनुसार पूजा गराएको थियो । मन्दिर २ सय २७ किलोको पित्तललगायत धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित भएपछि सभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं