बाबा आनन्द प्रतिभा छनोट समिति गठन

- मंसिर ९ गते पुरस्कार प्रदान गरिने

बाबा आनन्द सञ्चार पत्रकारिता पुरस्कार प्रदानका लागि प्रतिभा छनोट समिति गठन भएको छ ।

बाल अधिकार संरक्षण, प्रवद्र्धन र वातावरण संरक्षण विषयमा केन्द्रित लेख तथा समाचार प्रसारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई यो पुरस्कार प्रदान गरिन्छ ।

बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित सञ्चार पत्रकारिता प्रतिभा छनोट समितिले पुरस्कार २०७५ प्रदान गर्ने व्यक्तित्व सिफारिस गर्ने छ । नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार कृष्णमणि बराल, पुरस्कार सञ्चालक परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउन्डेसनका सचिव टंकराज अधिकारी सदस्यमा छन् ।

स्वर्गीय आनन्दराज श्रेष्ठको स्मृतिमा परिवार जनबाट स्थापित पुरस्कारको राशि १५ हजार १ सय ११ रुपैयाँ छ । आनन्दराज श्रेष्ठको वार्षिक तिथि आगामी मंसिर ९ गते पुरस्कार प्रदान गरिने संस्थाका सचिव टंकराज अधिकारीले बताए ।