नेपाल विद्यार्थी संघ दक्षिण कोरियामा नयाँ समिति

नेपाल विद्यार्थी संघ दक्षिण कोरियाको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको अध्यक्ष राजमणि सिग्देल, उपाध्यक्षद्वय सुन्दर कुंवर र सन्तोष लामिछाने, सचिव प्रीति चौधरी, कोषाध्यक्ष गुणेन्द्रप्रसाद ओझा र सदस्यमा आयुष भट्ट, आनन्द बराल लगायत छन् ।

पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ नेविसंघका पूर्व सभापति ई राजमणि सिग्देल र पोखरा विश्वविद्यालयका स्कुल अफ हेल्थ एण्ड साईन्सका पूर्व नेविसंघ सभापति सन्तोष लामिछाने संस्थापक सभापति र वरिष्ठ उपसभापतिमा निर्वाचित भएका छन् ।

नेपाल विद्यार्थी संघ कोरिया कार्यवाहक अध्यक्ष सौरभ भट्टराईको अध्यक्षता तथा नेपाली जनसम्पर्क समिति कोरिया सभापति आस्थाविन्दु मल्लको उपस्थितिमा अधिवेशन भएको हो ।