पोखरा ३० का दुर्गा घर्तीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले कात्तिक २२ गते बेलुका श्रीमती सर्मिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य झगडामा श्रीमान श्रीमती धकेलाधकेल हुँदा श्रीमतीको टाउको काटेको दुर्गाले बयान दिएका छन् । श्रीमतीको टाउकोमा काटेपछि प्राथमिक उपचार गरेर आफू सामान लिन बजार गएको आउँदा श्रीमतीको मृत्यु भइसकेको दुर्गाले प्रहरीलाई बयान दिएका छन् ।
मृत्यु भएको थाहा पाएपछि उनी छोरीसहित बुटबल पुगेका थिए । दुर्गालाई जिल्ला प्रहरी कायालय कास्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको थियो ।