समाचार

जसको २० लाख डुब्यो अनि बल्ल….

दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६, एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा परे । युरोपको चक्करमा लागेर करीब २० लाख डुवाएका बानियाँले सानो लगानीमा शुरु गरेको पशुपालनबाटै कमाइ गर्न सफल भएका छन् । ३ वर्ष अगाडि रु ३ लाखको लगानीमा घरमै पशुपालन गरेका बानियाँले विदेश जाने रहरलाई तिलाञ्जली दिँदै पशुपालनमै मेका छन् । स्थानीय र उन्नतजातका ५ वटा भैँसीबाट दैनिक ७० लिटर दूध बिक्री… पुरा पढौ

डाक्टरको गाडीले ठक्कर दिँदा बालकको मृत्यु

पोखरामा शनिबार बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ ।मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । बिहान करीब ८ः३० बजे बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो । त्यसलगत्तै बालकलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा… पुरा पढौ

नयाँ एम्बुलेन्स थन्क्याएर अर्काे किन्ने योजना

जोरायल गाउँपालिकालाई साढे पाँच महीना अगाडि उपलब्ध गराइएको एम्बुलेन्स अहिलेसम्म पनि थन्केरै बसेको छ। एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै उक्त गाउँपालिकाले साढे पाँच महीनासम्म एम्बुलेन्स चालू गर्न नमानेको हो।एम्बुलेन्स काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेशनले सहयोग जुटाएर खरीद गरिएको बताइएको थियो। नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले साढे पाँच महीनादेखि नै प्राथामिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएर राखेको स्थानीयवासी प्रकाश मल्लले बताए। उनले… पुरा पढौ

के हिन्दू धर्ममा मासु खान प्रतिबन्ध छ ?

हिन्दू धर्ममा मासु खाना प्रतिबन्ध छ या छैन ? यस सम्बन्धमा कोही पनि मानिसको मनमा भ्रम छ। शाकाहारी भोजनको हिन्दू धर्ममा उत्तम मान्ने गरिएको छ। मासु खाने कुरालाई लिएर कुनै पनि अनुदेश दिइएको छैन। कुन कुन धार्मिक ग्रन्थमा यसबारे कस्तो व्यवस्था गरियो ?  वेदका अनुसार -वेद नै हिन्दू धर्मको मूल धर्म ग्रन्थ हो। वेदको सार उपनिषद र उपनिषदको सार गीता हो। यहाँ तीनैको मत केही भिन्न र केही समान पनि… पुरा पढौ

भाइको सम्झनामा दाजुहरुले बनाए प्रतीक्षालय

छत्रदेव गाउँपालिका १ काहुलेका स्वर्गीय विष्णुप्रसाद पाण्डेको सम्झनामा दाजुहरु जीवन पाण्डे, गुनाखर पाण्डे, ईश्वरि पाण्डे र हिमलाल पाण्डेले प्रतीक्षालय बनाएका छन। विष्णुप्रसाद टिकाराम पाण्डे र टीकादेवि पाण्डेका कान्छा छोरा हुन् । २०७४ साउन २४ गते २५ बर्षको उमेरमा बुटवलमा उनको निधन भएको थियो । भाइको सम्झ्नामा छत्रदेव ७ काहुले डाँडेपोखरीमा प्रतीक्षालय निर्माण गरिएको दाजु ईश्वरी पाण्डेले बताए ।प्रतीक्षालय शुक्रबार वडा अध्यक्ष शोभाखर पाण्डेले उद्घाटन गरे । पाण्डेले यो प्रतीक्षालयले धेरैलाई… पुरा पढौ

पोखरा १३ को सार्वजनिक सुनुवाइ

पोखरा महानगरपालिका वडा नं १३ ले शुक्रवार वडाभित्र १ वर्षमा भए गरेका कामको प्रगतिबारे जानकारी गराउन र जनताको गुनासो सुन्न सार्वजनिक सुनुवाइ आयोजना ग¥यो । कार्यक्रमका सहभागीले वडाभित्र शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी लगायतका क्षेत्रमा भौतीक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरे । वडा नं १३ मा रहेको धार्मिक, ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र कमल पोखरी संरक्षण हुन नसकेको भन्दै स्थानीयवलेसंरक्षणमा ध्यान दिन वडा कार्यालयको ध्यानाकर्षण गराए । आर्वामा बादर… पुरा पढौ

पोखरा १७ मा प्राथमिक उपचार प्रशिक्षण

नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाले आधारभूत प्राथमिक उपचार प्रशिक्षण दिएको छ । बुधबार सुरु भएको तालिम शुक्रबार सकिएको छ । समापन समारोहमा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले प्राथमिक उपचारबारे जानकारी भए धेरैको ज्यान जोगाउन सकिने बताए । उनले पोखरा १७ उपशाखालाई नमुना बनाउन वडाले सहयोग गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा जिल्ला शाखा उपसभापति कृष्ण तिमिल्सिना, उपमन्त्री उर्मिला खड्का, पोखरा १७ उपशाखाका सचिव हरिप्रसाद लम्साल, सहभागीको तर्फबाट दीपिका घले,… पुरा पढौ

असार १५ गते गाउपालिकामा सार्वजनिक बिदा

आगामी असार १५ गते खार्पुनाथ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली नदीमा जीप दुर्घटना भएर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष हमालसहित ११ जना बेपत्ता भएकाहरुको सम्झनामा गाउँपालिकाको कार्यपालिकाको बैठकले शोकमा बिदा दिने निर्णय गरेको हो । असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय सबै बन्द हुने जनाइएको छ । सुरक्षा निकाय, गोताखोर र स्थानीय परिचालन गरेर खोजी गर्दा पनि कसैलाई भेट्न नसक्दा अहिले सो… पुरा पढौ

पोखरा महानगरमा रुखबाट लडेर मृत्यु

पोखरा महानगरपालिका वडा नं. २१ कृष्तिमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । शुक्रबार वर्ष ५२ का शिवप्रसाद सुवेदीको घर नजिकैको रुखमा घाँस काट्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए । उनको सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । पुरा पढौ

योगका प्रणेता आदियोगी या पतञ्जलि ?

हामी अहिले पनि एउटा भ्रममा छौं । हामीलाई थाहा छ कि पतञ्जलिले योगको रचना गरेका हुन् भन्ने तर यसमा सत्यता छैन । आदियोगीले सबैभन्दा पहिले आफ्ना सात शिष्यहरुलाई योगको शिक्षा दिएका थिए । जसलाई हामी सप्त ऋषिको नाममा चिन्दछौं । यिनै सप्तऋषिले प्रसार गरेपछि यो अझ विकसित भएको थियो ।  समयको साथ यसमा यति धेरै विशेषज्ञता आयो कि मानिसहरु योगमा अलग-अलग तरहको विशेषज्ञता खोज्न थालियो । यसैको एक उदाहरणलाई आधुनिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं