ताजा समाचार

असार ८ गते २०७६

कहाँ कहाँ छ बाढीको सम्भावना ? होसियार रहनुस्

मनसुन भित्रिएसंगै देशका अधिकांश भागमा बर्षा हुदा विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । जसको कारण बाढी आउन सक्ने भन्दै सचेत रहन बाढी पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेश , प्रदेश ५ र कर्णली प्रदेशका पहाडी तथा चुरे क्षेत्रका स-साना खोलानालाहरुमा तिव्र बहावको उच्च सम्भावना देखिएकोले मध्यान्हदेखि भोली बिहानसम्म तराईको क्षेत्रमा तथा पहाडको बेसिका नदीतटीय क्षेत्रहरुमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

साथै ती प्रदेशका पहिरोग्रस्त क्षेत्रहरुमा लेदोसहित आकस्मिक बहावको सम्भावना समेत रहेको छ त्यसैले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ अन्य स्थानमा भने ठुलो जोखिम रहेको महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई लगायतका नदीमा पानीको सतह बढ्ने छ । यसैगरी साना तथा खहरे खोलामा पनि पानीको सतह बढ्न सक्ने भन्दै सतर्क रहन महाशाखाले जनाएको छ ।