एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

रामेछापको मन्थलीमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

आइतबार बिहान खुर्कोटबाट बिरामी लिन मन्थलीतर्फ जाँदै गरेको बा २१ च ७५२५ नम्बरको नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा सिन्धुलीकै १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठ सिन्धुली खुर्कोटका स्थायी बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवत्ता एवम् प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिएका छन् । घाइते श्रेष्ठलाई उपचारका लागी धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।