समाचार

गाउँका टोलटोलमा सौर्यबत्ती

पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । लोडसेडिङको बेला पनि गाउँमा पैदलयात्रा गर्नेलाई सहज र चोरी÷डकैतीका घटना नहोऊन् भन्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा सौर्य सडकबत्ती जडान गरिएको उहाँले बताउनुभयो ।… पुरा पढौ

तिलिचो दुरी छोटिदै , नमखुलेकसम्म सडक पुर्याईने

विश्वकै अग्लो उचाईमा अवस्थित तिलिचो तालको दुरी अब छोटिने भएको छ । जोमसोम देखि ठिनी हुँदै तिलिचो सडक बिस्तार गरिन थालेपछि यस्को दुरी छोटिन लागेको हो । मुस्ताङतर्फको तिलिचो ताल जाने बाटो नमुखलेक सम्म सडकको पहुच पू¥याउन गण्डकी प्रदेशले बजेट बिनियोजन गरेको हो । पूर्वाधार बिकास कार्यालय म्याग्दीले चालु आर्थिक बर्ष २०७५ ÷ २०७६ मा ५० लाख बजेट बिनियोजन गरेकोमा पूनः आ.व. २०७६÷२०७७ मा ६५ लाख बजेट बिनियोजन गरेको पूर्वाधार… पुरा पढौ

उपल्लो मुस्ताङको सबै गाउँमा मोटर बाटो

हिमालपारीको जिल्ला मुस्ताङको विकटक्षेत्र माथिल्लो मुस्ताङका गाउँ–गाउँमा मोटर बाटो पू¥याईएको छ । यसअघि सडक सञ्जालले नछोएको ध्ये र ताङग्येमा शुक्रबार सडक पू¥याईएपछि उपल्लो मुस्ताङ सडकमैत्री भएको हो । ध्ये – ताङ्ग्ये तथा छोसेर र– समजुङमा पहिलो पटक सडक पुगेपछि स्थानीय खुसी भएका छन् । समजुङका स्थानीय छिरिङ गुरुङले सडक बिस्तारले गाउलेलाई दैनिक आउजाउ र खाद्यान्न ओसार पोसार गर्न सजिलो हुने बताए । संघीय सरकारको पहलमा भएको सडक बिकासले जनताको जिवनस्तरमा… पुरा पढौ

वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आज निधन भएको हो । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार सघन उपचार कक्षमा उपचाररत् अधिकारीको राति ८ः०२ बजे निधन भएको हो । स्व नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गएको पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका उनलाई वैशाख २२ गते… पुरा पढौ

मुस्ताङी खुर्पानी पर्यटकको रोजाई

मुस्ताङको जोमसोममा खुर्पानी बेच्नेको चटारो चलेको छ । चिसो हावापानीमा फलाईने हिउदे पतझड फल खुर्पानी स्वास्थ्यवद्र्धक तथा स्वादिलो भएकाले पर्यटकको रोजाई बनेको हो । मुस्ताङका ठाउँ–ठाउँमा खुर्पानी बिक्री गर्न राखिएको छ । मुस्ताङ घरपझोङ ३ स्याङ गाउ बस्ने माईली तामाङ्नीको दैनिकी पनि यतिबेला खुर्पानी बिक्री गर्नमै बितेको छ । उनले ल्याएका खुर्पानी मुस्ताङ आएका पर्यटकले किनेर लान्छन् । बिहानै डोको भरी खुर्पानी बोकेर जोमसोम पू¥याउनु उनको पेशा बनेको छ ।… पुरा पढौ

बच्चाको डाइपर प्रयाेग गरि सुनकाे तस्करी

कतारको दोहाबाट आएका एक यात्रुले ल्याएका डाइपरमा सुन भेटिएको छ । विमानस्थल प्रहरी र काठमाडौं परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरी जनाएको छ । चेकजाँच कक्षमा हिमालयन एयरलाइन्सबाट आएका लीलाबहादुर बस्नेतले ल्याएका बच्चाको डाइपरमा सुन भेटिएको हो । प्रहरीका अनुसार तीन वर्ष कतारमा बसेर फर्केका बस्नेतले ल्याएका डाइपरमा सुन भेटिएको हो । पुरा पढौ

देशैभर मौसम बदली, भारी वर्षा हुने सम्भावना

आज पनि देशैभर मौसम बदली भएको र मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ भने बाँकी भूभागमा हल्का पानी पर्ने सम्भावना छ। मौसमविद्का अनुसार भारतमा रहेको वर्षा गराउने प्रणाली (न्यून चापीय रेखा) नेपालतर्फ नजिकिँदै गरेकाले वर्षा हुने क्रम बढेको हो।‘न्यून चापीय रेखा भारतको झारखण्ड, आन्ध्र प्रदेशसम्म… पुरा पढौ

बिद्यार्थी लिन हिँडेकाे स्कुल बस नहरमा पल्टियाे

बुढीगंगा गाउँपालिकाकाे टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको छ । बिद्यार्थी लिन जाने क्रममा को १ ख १९८२ नम्बरको बस अनियन्त्रित भइ नहरमा पल्टिएकाे हो । बुढीगंगा गाउँपालिकाको ३ गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो । दुर्घटनामा केही बिद्यार्थी तथा २ जना शिक्षक गम्भीर घाईते भएको छ । घाईते सबै लइ विराट मेडिकल कलेज टंकीसिनवारीमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पुरा पढौ

पत्रकार महासंघ अध्यक्ष निर्घात कुटिए, अवस्था गम्भीर

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई प्रहरीले निर्घात कुटपिट गएको छ । भट्टीमा मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्ने खोजेको भन्दै प्रहरीले कुटपिट गरेको हाे । प्रहरीकाे कुटाइबाट कार्की गम्भीर घाइते हुनुभएको छ । सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइते कार्कीलाई काठमाडौं  रिफर गरिएकाे छ । स्थानीयद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । अहिले सिन्धुलीमाडी तनावग्रस्त बनेकाे छ । पुरा पढौ

फूलबारीमा वृहत सरसफाइ कार्यक्रम

१६२ औं वृहत सरसफाइ कार्यक्रम शिवशक्ति मावि फूलबारीको संयोजनमा भएको छ । शिवशक्ति स्कुलबाट समितारा टोल हुँदै मणिपालसम्म सफाइ गरिएको छ । शिवशक्तिका प्राचार्य शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा ड्यामसाइड टोल विकास संस्थाका अध्यक्ष शिवमाया श्रेष्ठले उद्देश्यबारे जानकारी दिइन् । पोखरा ११ का अध्यक्ष मोहन बास्तोलाले सरसफाइ सभ्यताको प्रतीक भएको बताए । कार्यक्रममा शिवशक्ति मावि र सिद्धेश्वर टोल विकास संस्थालाई डस्टबिन, साभेल, टिर्सट र कुचो अभियानकर्ता टेकबहादुर गुरुङले प्रदान गरे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं