लाठीले हिर्काउँदा मृत्यु

सडकमा काम गर्ने एक कामदारले सहकर्मीलाई लाठी प्रहार गर्दा उनको ज्यान गएको छ । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका १० धामले स्थित नयाँपुल–घान्द्रुक कच्ची सडक खण्डमा काम गर्ने ओखलढुंगाको सुनकोशी गाउँपालिका ४ का २६ वर्षीय रुद्र मगरले सँगै काम गर्ने रामबहादुर गुरुङलाई लाठीले हिर्काएका थिए ।

सामान्य विवादमा लाठी प्रहार गर्नै मगरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । मृतक गुरुङ स्याङ्जाको ज्यामिरेका बासिन्दा थिए ।