समाचार

२२ दिनपछि गाउँपालिका उपाध्यक्षको शव फेला

खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमा भएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ ।सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन् । शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उहाँका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि… पुरा पढौ

लाठीले हिर्काउँदा मृत्यु

सडकमा काम गर्ने एक कामदारले सहकर्मीलाई लाठी प्रहार गर्दा उनको ज्यान गएको छ । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका १० धामले स्थित नयाँपुल–घान्द्रुक कच्ची सडक खण्डमा काम गर्ने ओखलढुंगाको सुनकोशी गाउँपालिका ४ का २६ वर्षीय रुद्र मगरले सँगै काम गर्ने रामबहादुर गुरुङलाई लाठीले हिर्काएका थिए । सामान्य विवादमा लाठी प्रहार गर्नै मगरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । मृतक गुरुङ स्याङ्जाको ज्यामिरेका बासिन्दा थिए… पुरा पढौ

सेक्सपछि पुरुष भुसुक्कै, महिला जुरुक्कै, कारण के हो ?

यहाँहरु सबैले सुन्नु भएकै हुनु पर्छ प्राय गरेर स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरे पछि गुनासो गर्ने गर्छन् किनभने यौन कार्य गरे लगतै प्राय पुरुषहरु निन्द्रामा पर्ने गर्दछन्। त्यसबेला स्त्रीहरु आफ्नो साथीलाई कुनै रोग लागेको छ भन्ने अनुमान गर्दछन्। तर उनीहरुको उक्त निदाउने बानीमा भने डराउनु पर्ने छैन। किनभने सबै पुरुषहरु सेक्स पछि निदाउने गर्दछन्।यस्तो किन हुन्छ भनेर तपाइहरुले सोच्नु भएको होला ? यौनकृया पछि पुरुषहरुमा आकसीटोसीन हरमोन्स मात्र ज्यादा हुने… पुरा पढौ

खण्डग्रास चन्द्रग्रहण सूतक शुरु, कति बजेसम्म जारी रहन्छ ग्रहण ?

ग्रहण के हो ? ग्रहण एउटा विलक्षण खगोलीय घटना हो । ज्योतिष विज्ञानमा ग्रहणको अति महत्व छ । यसको सिधा प्रभाव समस्त जीवमा पर्छ । चन्द्रमा पृथ्वीबाट नजिक भएकाले यसको गुरुत्वाकर्षण प्रभाव बढी पर्दछ । यस कारण पूर्णिमाको दिनमा समुद्रमा रातिपख ज्वारभाटा आउँछ र यसको प्रभाव ग्रहणको दिनमा झन् बढी हुन्छ । भूकम्पको मुख्य कारण पनि ग्रहण हो । सौर्यमण्डलमा सूर्य एउटा प्रकाश पिण्ड हो । सूर्यको किरणले जति भाग… पुरा पढौ

गरीब परिचयपत्र वितरणमा समस्या

  सरकारले २६ जिल्लाका गरीब घर परिवार सर्भेक्षण गरी गरीब पहिचान गरे पनि उनीहरुलाई परिचयपत्र उपलब्ध गराउन सकेको छैन । कपिलवस्तुबाट परिचयपत्र वितरण गर्ने कार्य शुरु गरिएको थियो । केही स्थानमा गरीबको पहिचान छुटेको र लगत लिंदा त्रुटि भएको भन्दै जनस्तरबाटै सच्याउन पर्ने माग आएपछि परिचयपत्र वितरण कार्य प्रभावित भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सर्भेक्षण भएका क्षेत्रमा परिचयपत्र वितरणको कार्यक्रममा देखिएको विवादलाई न्यूनीकरण गर्न स्थानीय तहसँग… पुरा पढौ

यस्ता अपराधी जेठाजू….

मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन । सोही स्थान बस्ने बर्ष ३६ का निरबहादुर नेपालले आफ्नै २६ बर्षिय बुहारी सलिना नेपाललाई शरिरको बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निरबहादुरलाई तत्काल पक्राउ गर्नुका साथै गम्भिर घाइते भएकी सलिना लाई उद्धार गरी उपचारको लागि बीपी कोईराला स्वास्थ्य… पुरा पढौ

विप्लवका पोलिटब्युरो सदस्य अदालत परिसरबाटै पक्राउ

 प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ पुनः पक्राउ परेका छन् । सुनसरी प्रहरी हिरासतमा रहेका जीवन्तलाई सोमबार जिल्ला अदालत सुनसरीले साधरण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशसँगै रिहा भएका उनलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो । उनलाई प्रहरीले चैत १ गते शुक्रबार ललितपुर च्यासलबाट कोठाबाटै गिरफ्तार गरिएको थियो । पुनः पक्राउ गरेसँगै उनलाई नुवाकोट लैजाने तयारी भएको बताएको छ… पुरा पढौ

लागुऔषध मुद्दा मिलाउन घुस लिने प्रहरी निरीक्षकलाई मुद्दा

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहलाई लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिसँग घूस लिएको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको छ । प्रहरी निरीक्षक साहले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा रहँदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा ७० हजार जम्मा गर्न लगाई घूस लएका थिए । साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा लिई सकेको रिसवत जफत गरी ऐ। दफा ३ को उपदफा ९१०९ग० बमोजिम… पुरा पढौ

आमा र हजुरआमाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला

कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काइ हत्या गरेका थिए । बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं