यस्ता अपराधी जेठाजू….

मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन ।

सोही स्थान बस्ने बर्ष ३६ का निरबहादुर नेपालले आफ्नै २६ बर्षिय बुहारी सलिना नेपाललाई शरिरको बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निरबहादुरलाई तत्काल पक्राउ गर्नुका साथै गम्भिर घाइते भएकी सलिना लाई उद्धार गरी उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।