समाचार

जङ्गली च्याउ खाँदा सात बिरामी

गलकोट– जङ्गली च्याउ खाँदा बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं २ मा सात बिरामी परेका छन् । शनिबार जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीय सुजाता थापा, उनका पाँच वर्षीय छोरा आयुष थापा, बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई हाल ढोरपाटन–२ सेरामा बच्चा पढाउन डेरा गरी बस्दै आएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, पाँच वर्षीय छोरा सन्दीप थापा, अध्ययनका लागि सँगै बस्दै आएका १४… पुरा पढौ

नेपालगञ्जका नौ पसलमा चोरी

अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«डर्स, प्रभा किराना पसल, कुञ्ज टे«डर्स र शोभा टे«डर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्जकार्ड चोरी भएको खुल्न आएको छ । “के कति… पुरा पढौ

बुटवल पाल्पा सडकखण्ड एकतर्फी

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरुद्ध बनेको सडक २० घण्टापछि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो पहिरो गएर अवरुद्ध बनेको सडक पहिरो हटाइएपछि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । भिरबाट ढुङ्गा खस्नेक्रम नरोकिएका कारण शनिबार साँझसम्म पनि पहिरो हटाउन सकिएको थिएन । आज बिहानैदेखि डोजर लगाएर पहिरो हटाएपछि रोकिएका सवारी साधन सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी… पुरा पढौ

खोला वारपार गर्न १ हजार !

पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिन्छ । तर, पुल बनाउने कार्यमा… पुरा पढौ

परीक्षा दिएर फर्केका ३ किशोरी माइखोलामा बेपत्ता

इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर आज घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिए ।उनीहरुको खोजीका लागि जिल्ला… पुरा पढौ

पहिरोले उछिट्याएर बाइक खोलामा, चालकको मृत्यु

बुटवल तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै रहेको हेडबक्समा झरेको पहिरोले मोटरसाइकल तिनाउ खोलामा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । लु ५० प ४६७१ मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले जानकारी दिए । पहिरोले उछिट्याएर मोटरसाइकल तिनाउ खोलामा झरेको थियो । घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र पहिरोले बाटो समेत अवरूद्ध भएको कारण करिब २… पुरा पढौ

हजारौं धर्महरुको विलय कसले गरायो ?

प्राचीन कालमा हजारौं धर्महरु प्रचलनमा थिए । त्यतिबेला धर्म नै राज्य सञ्चालनको मूल आधार हुन्थ्यो । न्याय निसाफको लागि धर्मकै सहारा लिने गरिन्थ्यो । मान्छेहरुमा धर्मको त्रास थियो । जसले गर्दा उनीहरु धर्मको डरले पनि नरम्रो काम गर्न सक्दैन थिए । यी हजारौं धर्महरु ईस्लाम र ईसाई धर्मको आगमनसँगै लुप्त भएर गए । अहिले त एक अनुमानित सर्वेक्षण अनुसार विश्वमा करिब ३ सयको हाराहारीमा मात्रै धर्महरु रहने गरेका छन् ।… पुरा पढौ

सरसफाइ गर्न ६ क्षेत्र, सबै समितिलाई सरसफाइ सामग्री

वातावरण संरक्षण र सरसफाइका लागि वडा कार्यालय पोखरा १७ ले वडालाई ६ क्षेत्रमा विभाजन गरी ती क्षेत्रमा समितिसमेत गठन गरेको छ । दानबहादुर शाहीको संयोजकत्वमा २५ सदस्यीय वडा सरसफाइ तथा वातावरण समिति गठन गरिएको हो । समितिको संरक्षकमा पोखरा १७ का वडा सदस्य एवं कार्यपालिका सदस्य राधिका शाही योगी छिन् । क्षेत्र नं. १, २, ३, ४, ५ र ६ का संयोजकमा क्रमशः शिवमाया श्रेष्ठ, गुप्त गुरुङ, गंगा केसी, खुम… पुरा पढौ

हरिवंश आचार्यको “बूढो हुन मन छैन” रिलिज

हास्यव्यङ्ग्य र अभिनयमा उत्कृष्ठ हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज भएको छ। कलाकार हरिवंशको सो गीत मह सञ्चारद्वारा रिलिज गरिएको हो। हरिवंशका सारङ्गी रेटौँला, घाँस काट्नु खुर्केर, कन्डक्टरले दुई रुपियाँको टिकट काट्दछ, आदि अति लोकप्रिय गीतहरू रहेका छन्। भिडियो https://youtu.be/WPtochkrKPs पुरा पढौ

पहिरोबाट निकालियो तीन जनाको शव

अबिरल वर्षाका कारण काठमाडौंको मुलपानीमा गएको पहिरोमा पुरिएका तीन जनाकै शव फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा–६ स्थित टहरोमा बसिरहेका तीन जनाको शव पहिरोबाट निकालिएको हो । शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा उनीहरु हराइरहेका थिए । मृत्यु हुनेमा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादव रहेको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । उनीहरु… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं