मोरङमा गोरु कुटेको आरोपमा एक जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा उर्लाबारी नगरपालिका १ का ३० वर्षीय प्रेम लिम्बु रहेका छन् । उनले छिमेकी रमेश कार्की गोरुलाई कुटेको आरोप छ । लिम्बुले बाँधेर राखेको गोरुलाई कोदालोले कुटेर सख्त घाइते घाईते बनाएपछि प्रहरीले उनलाई प्रक्राउ गरेको हो ।
लिम्बुको कुटाईबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट प्रहरीले जनाएको छ । गोरुलाई कुटेर गम्भीर घाईते बनाएपछि धनी कार्कीले लिम्बुबिरुद्ध उजुरी दिएका थिए । उनको उजुरीसंगै लिम्बुलाई प्रक्राउ गरिएको हो ।






