मिलिजुली टोल विकास संस्था पोखरा २९ को पहिलो अधिवेशन तथा दोस्रो वार्षिकोत्सवले निर्विरोध नयाँ समिति चुनेको छ । समितिको अध्यक्ष सु. दिलबहादुर थापा, उपाध्यक्ष विष्णु केसी, सचिव युवराज पौडेल, सहसचिव सरिता परियार, कोषाध्यक्ष देविराम थापा र सहकोषाध्यक्ष टेकबहादुर थापा छन् ।
कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले मिलिजुली टोलले नामझैं मिलेर नमुनका कार्य गरिरहेको बताए । उनले समाज नै समृद्धिको तल्लो तह भएकाले यसको विकासमा टोल विकास संस्था लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समीखोला क्लबका अध्यक्ष प्रदीप खड्का, माछापुच्छ«े टोल विकास संस्थाका अध्यक्ष जीवन पौडेल, सिद्धार्थ टोल विकास संस्थाका कोषाध्यक्ष चिनमाया गुरुङ लगायतले बोलेका थिए ।
अध्यक्ष सु. दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रकुमारी राना र सञ्चालन युवराज पौडेलले गरेका थिए ।






