समाचार

आजको राशिफल (२०७६ मंसिर २८ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २८ गते शनिबार, इस्वीसंवत डिसेम्वर १४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको द्वितीय तिथि अहोरात्र रहनेछ । आज आद्रा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शुक्ल, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा मुद्गर रहनेछ । सूर्य वृश्चिक राशिमा,… पुरा पढौ

हिमपातले जनहित विद्यालयको पदाधिकारी चयन प्रभावित

जोमसोम–हिमाली जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा शुक्रबार बिहानै देखि परेको हिमपातले जोमसोम स्थित जनहित माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति पुर्नगठन गर्ने कार्यक्रम स्थगित भएको छ । सरकारबाट नमूना विद्यालयमा सुचिकृत उक्त विद्यालयको आगामी ३ वर्षिय कार्यकालको पदाधिकारी चयन कार्यक्रमलाई हिमपातले प्रभावित तुल्याएको हो । हिमपात भएसंगै विद्यालयमा शिक्षा नियमावलीले निर्दैशित अभिभावक नआएपछि समिति पूर्नगठन स्थगित गर्नुपरेको विद्यालयका प्राचार्य रामचन्द्र अधिकारीले जानकारी दिए । शिक्षा नियमावली अनुसार कम्तिमा १ सय २० जनाको… पुरा पढौ

सिद्धबाबालाई तेस्रो पटक ३ दिनको म्याद थप

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तेस्रो पटक ३ दिनको म्याद थप गरेको छ । शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । अदालतको आदेश बमोजिम तीन दिन भित्र कृष्णदास उपरको मुद्दा अदालत बुझाइने छ । सुनसरी बाहिरकी एक अनुयायीले कात्तिक ४ गते आफूलाई बराहक्षेत्र स्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी दर्ता गराएपछि प्रहरीले सिद्धबाबालाई… पुरा पढौ

आजको राशिफल (२०७६ मंसिर २७ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २७ गते शुक्रबार, इस्वीसंवत डिसेम्वर १३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । आज मृगशिरा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शुक्ल, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा मानस रहनेछ । सूर्य वृश्चिक राशिमा,… पुरा पढौ

मुस्ताङमा हिउँ चितुवा जोगाउने उपाय खोजी

संरक्षित क्षेत्र मुस्ताङको जोमसोममा हिउ चितुवा संरक्षण सम्वन्धि सचेतनामुलक कार्यक्रम भएको छ । हिमालकी रानी भनेर चिनिने ठुलो बिरालो प्रजातीको हिउ चितुवा जोगाउन सके ईको पर्यटनलाई टेवा पुग्ने सरोकारवालाले बताएका छन् । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा एक्याप जोमसोम र प्राकृतिक श्रोत व्यवस्थापन फोनारेमको संयुक्त आयोजनामा बिहिबार आयोजित कार्यक्रममा सरोकारवालाहरुले हिउँ चितुवा संरक्षण गर्नुपर्नेमा धारणा राखेका हुन् । मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले हिउँ चितुवाको उपस्थिती तथा त्यसको क्रियाकलापले ईको पर्यटनमा… पुरा पढौ

ठिनी–तिलिचो सडकमा मनाङको चाँसो

समुन्द्री सतह देखि ४ हजार ९ सय १९ मिटर अग्लो उचाईमा रहेको विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तब्य तिलिचो ताल जोड्ने छोटो दुरीको ठिनी – तिलिचो सडक विस्तारप्रति मनाङले अघोषित बिरोध जनाएको छ । मनाङ स्थित ङिस्याङ गाउपालिकाले मुस्ताङ स्थित एक्याप कार्यालय जोमसोमलाई संरक्षित क्षेत्रमा अन्धाधुन्द सडक बिस्तार भईरहेकोमा बिरोध स्वरुप ध्यानआर्कषण गराएको हो । उपल्लो मनाङ स्थित ङिस्याङ गाउपालिकाले गत भाद्र १२ गते एक्याप जोमसोमलाई पत्र मार्फत सडक बिस्तार बारे ध्यानआर्कषण… पुरा पढौ

छोरेपाटन स्कुलमा १२ कोठे नयाँ भवन

पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा १२ कोठे नयाँ भवन बन्ने भएको छ । भवन बिहीबार पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिलान्यास गरे । वडाध्यक्ष अधिकारीले समय अनुसार आधुनिक सुविधा सम्पन्न भवन वनाउनुपर्ने बताए । सो स्कुल विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका अधिकारीले गुणस्तरीय शिक्षाबाटै समृद्ध समाज र देश निर्माण गर्न सार्थक पहल हुने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीले ४ तलाको १२ कोठाको १२… पुरा पढौ

टिपर दुर्घटना हुदा २ को मृत्यु

हुम्लामा टिपर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा ५ ख ५३८४ नम्बरको टिपर उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा दुर्घटना भएको हो । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताएका छन् । दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने… पुरा पढौ

हुम्लामा हिमपात,जनजीवन प्रभावित

उच्च हिमाली क्षेत्र हुम्लामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको हो । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् । हिमपातका… पुरा पढौ

दैनिक कर तिर्छन् ,सुविधा पाउदैनन्

मुस्ताङको जोमसोममा डेढ दर्जन जती फलफुल बेच्ने समुह छ । उनीहरु दैनिक जोमसोमको कच्ची सडकको छेउमा बसेर फलफुल लगायतका कोशेली बेच्न बसेका हुन्छन् । स्थानीय तहले दैनिक २० रुपैया कर शुल्क तोकेको छ । कर बुझ्न ठेक्का लिएका ब्यक्ति दैनिक हाजिर हुन्छन् । कर नबुझाए सडकमा व्यापार गर्न पाईदैन । जोमसोममा उन्माद हावा चल्न गर्छ भने हिउदयाम जाडो उस्तै ,तैपनी सडकमा कोशली बेच्न बस्नु पर्ने बाध्यता उनीहरुलाई छ । कहिले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं