घारीकुलो आमा समूहमा धनुमाया कोइराला अध्यक्षमा चुनिएकी छन् । पोखरा १७ स्थित संस्थाको तेस्रो साधारण सभा एवं प्रथम अधिवेशनले प्रथम उपाध्यक्ष द्रोपती आचार्य, द्वितीय उपाध्यक्ष समिका अधिकारी, सचिव दुर्गा पौडेल, सहसहचिव बुद्धिकुमारी पौडेल र कोषाध्यक्ष कल्पना अधिकारीलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
समूहको सदस्यमा सीता रानाभाट, गोभादेवी भण्डारी, अनुपा आचार्य, शान्ति रेग्मी पौडेल, सीतादेवी चापाई, मायादेवी चापागाई, सावित्री नेपाली र मायादेवी पौडेल छन् । अधिवेशनले समूहको आशमती श्रेष्ठ, नानुमाया कार्की, चन्द्रकला बस्नेत, इन्द्र खड्का र रमाकुमारी लम्साल रहेको सल्लाहकार समिति गठन गरिएको गंगा देवकोटाले जानकारी दिइन् ।
अधिवेशन उद्घाटन सभामा पोखरा महानगरपालिका कार्य समिति सदस्य राधीका शाही योगीले नेतृत्व विकास गर्न सफल आमाहरु उत्पादनसँग जोडिन अनुरोध गरिन् ।
समूहको माध्यमबाट आय आर्जनमा ध्यान दिन आग्रह गर्दै योगीले सीपका माध्यमबाट आमादिदीहरुले सक्षम नेतृत्व लिन आग्रह गरिन् । समूहका अध्यक्ष आशमती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा घारीकुलो टोल विकास संस्थाका अध्यक्ष विजय आचार्य, सहकारीका अध्यक्ष ढाकाराम ढकाल, पत्रकार हरि बास्तोला, स्थानीय समाजसेवी दीपक भण्डारी, टोपराज ढुंगाना, कृष्णप्रसाद पौडेल, वसन्त लम्साल, कुलराज पौडेल लगायतले महिला सशक्तीकरणमा जोड दिएका थिए ।
अधिवेशनमा अध्यक्ष आशमती श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी अधिकारीले ४ लाख ४२ हजार ८ सय १५ रुपैयाँका े आयव्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको इन्दु खड्काले जानकारी दिइन् ।






