सुनकोशी माविका भूपू विद्यार्थी संगठित

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा रहेको सुनकोशी माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठीत भएका छन् ।

हालै भएको भूपू विद्यार्थीको भेलाले सुर्दशन सापकोटाको अध्यक्षतामा भूतपूर्व विद्यार्थी समाज गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा प्रचण्ड खड्का, उपाध्यक्ष प्रकाश लुइटेल, सचिव अर्चना लुइटेल, सहसचिव प्रदीप पहाडी र कोषाध्यक्ष सोम तामाङ छन् ।

संस्थाका सदस्यमा सुनिता खड्का, अम्बिका लुइटेल, प्रदिप खड्का, राजन तमाङ र नबिन लुइटेल छन् ।