समाचार

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैदको फैसला

गुण्डा नाइके रमेश बाहुन ‘सुजन पौडेल’लाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार जरिवाना सुनाएको छ। जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आइतबार उनलाई यस्तो सजाय सुनाएको हो। उनलाई न्यायाधीश दाहालको इजलासले लागुऔषधसम्बन्धी मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् । उनलाई २०७१ साउनमा काठमाडौंबाट पक्राउ गर्दा प्रहरीले उनको साथमा खैरो हिरोइन फेला पारेको थियो। पुरा पढौ

निर्मलाको न्यायको माग गर्दै धर्नामा बसेका ८ पक्राउ

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ८ जना रहेका… पुरा पढौ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएर फरार भएका थिए । उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ… पुरा पढौ

भरतपुर कारागारमा एक कैदीको मृत्यु

भरतपुर कारागरका एक कैदीको मृत्यु भएको छ। क्यान्सर रोगबाट पिडित भारत सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले बताएका छन् । मानव बेच विखनको आरोपमा १० वर्षे जेल र पाँच लाख रुपैंया सजाय पाएका उनको उपचारको क्रममा काठमाडौंमा आज बिहान मृत्यु भएको हो । पुरा पढौ

छुटेको सामान फिर्ता गर्ने चालकलाई सुनको सिक्री

ट्याक्सीमा छुटेको महत्वपुर्ण सामान र गरगहना फिर्ता गर्ने चालकलाई सामान धनीले सुनको सिक्री उपहार दिएका छन्। बा २ ज ४०७१ नम्बरको भाडा कार चालक नविन सिग्देललाई सुन्धराकी लक्की रिजालले सुनको सिक्री दिएकी हुन्। रिजाल सोमबार लाजिम्पाटदेखि थापाथलि नर्भिक अस्पतालसम्म जाँदा कारमा अन्दाजी १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपुर्ण मेडिकलको कागजपत्रहरु र लत्ता कपडा सहितको लगेज व्याग छुटेको थियो । उनले ट्याक्सी नम्बर याद नभएपछि ट्राफिक प्रहरी महाशाखामा पुगेर आफ्नो… पुरा पढौ

आजको राशिफल (२०७६ माघ २८ गते मंगलबार)

https://www.youtube.com/watch?v=h9kQX8ECwJM आजको पञ्चांग आज मिति २०७६ माघ २८ गते मंगलबार, इस्वीसंवत फरवरी ११ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको द्वितीया तिथि अहोरात्र रहनेछ । आज पूर्वाफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा धूम्र रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा… पुरा पढौ

भिडियो खेलाउने बाहानामा किशोरी बेच्न खोज्ने २ पक्राउ

किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो। यही माघ २४ गते ललाइफकाइ किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शंका लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। ‘एक किशोरीलाई भिडियोमा खेल्न राम्रो कमाइ हुन्छ भनेर २३… पुरा पढौ

महायज्ञबाट क्रिकेट रङ्गशालालाई ३५ करोड सङ्कलन

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई रु ५५ करोड सङ्कलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए । रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी… पुरा पढौ

सडेको अवस्थामा महिलाको शव फेला

लुम्बिनीमा एक महिलाको शव फेला परेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा पोखरीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । पहेँलो रङको साडी र नीलो रंगको स्वेटर, दुई वटा १० र चार वटा पाँच रुपैयाँको नोट, केही सिक्का, नाकको फुली समेत घटना स्थलमा फेला परेको ईप्रका लुम्बिनीका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिएका छन् । महिलाको शव सडेका कारण पहिचान… पुरा पढौ

पोखरेली जेठोबूढो फलाउने किसानलाई सहयोग

पोखरा महानगरपालिकाले बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तीमा पाँच रोपनी क्षेत्रमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरलेप्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी ९० रुपैंयाका दरले आर्थिक सहयोग गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानलाई रकम वितरण गरे । उनले स्थानीय किसानलाई सहयोग गर्दा खेतीयोग्य जग्गाको सदुपयोग हुने र स्थानीय बालीको प्रवद्र्धन हुने बताए । आगामी दिनमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं