गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैदको फैसला

गुण्डा नाइके रमेश बाहुन ‘सुजन पौडेल’लाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार जरिवाना सुनाएको छ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आइतबार उनलाई यस्तो सजाय सुनाएको हो।

उनलाई न्यायाधीश दाहालको इजलासले लागुऔषधसम्बन्धी मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।

उनलाई २०७१ साउनमा काठमाडौंबाट पक्राउ गर्दा प्रहरीले उनको साथमा खैरो हिरोइन फेला पारेको थियो।