विद्यार्थीलाई मानवीय सेवाको साथ

मानविय सेवा अभियान नेपालले सञ्चालन गरेको लक्षित बर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण अभियान जारी छ । सोही अनुरुप आज अन्नपुर्ण गाउपालिका(५ झोवाङ्गमा रहेको शितला सामुदायिक बिध्यालयका विद्यार्थीलाई सुइटर, टोपी वितरण भएको छ ।

शौचालयमा निशुल्क व्यवस्थापनका लागि सेनेटर प्याडसमेत हस्तान्तरण गरिएको छ । ४५ हजार भन्दा बढीको ९७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला संमन्वय समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले मानवीय सेवाले नाम जस्तै काम गरेर देखाएकोमा खुसी व्यक्त गर्दै अभियानलाइ निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै विद्यालयको पुर्वाधार विकासमा समन्वयले ४ कोठे पक्की भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि सामाजिक तथा राजनैतिक ब्यक्तित्व दामोदर वैरागिले आफु पढेको विद्यालयलाइ छनौट गरेर सहयोग गर्न आउने अभियन्तालाइ धन्यवाद दिदै विद्यालयको विकासका लागि आफु सदैव साथ लाग्ने बताए ।
त्यस्तै वडाध्यक्ष जिवनाथ पौडेलले सामुदायिक विद्यालयलाइ गुणस्तरीय बनाउन स्थानीय तहले भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।

अभियानका अध्यक्ष तथा उत्प्रेरक सुस्मा पौडेलले अभियानले गरेका गतिविधिबारे जानकारी दिदै क्षमता विकासका लागि विद्यार्थीलाई उत्प्रेरित गरिन् । नेपाल पत्रकार महासंघकन निवर्तमान केन्द्रीय सदस्यसमेत रहेकी पौडेलले सबैजना मानवीय सेवामा जुट्न समेत आह्वान गरिन् । कोषाध्यक्ष लालशिव योगीले अभियान सञ्चालन गर्नुको उदेश्य बताउदै कार्यक्रम सफल बनाउन सहयोग गर्न सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा हात भाचिएका छात्रलाइ अभियानका तर्फबाट पोशिलो खानाका लागि नगद तिन हजार सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य सन्तु सुवेदी, मानविय सेवा नेपालका उपाध्यक्ष मेघमान श्रेण्ठ, सदस्य तथा कार्यक्रम संयोजक पूर्णदीप सिग्देल ,सदस्य कुलमाया क्षेत्रि, लक्ष्मी थापा, समिना थापा मगर, सृजना शिव योगि, वडा सदस्य तथा स्थानीय अभिभावकको उपस्थिति थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्रअ देवीकुमारी पौडेल,शिक्षक शिव प्रसाद पौडेल , शिक्षकिका सरस्वती पौडेल लगायतले बोलेका थिए ।

विद्यार्थीलाई न्यानो कपडा अभियान अन्तरगत हालसम्म तनहु, नवलपुर, चितवन, बागलुङ र कास्कीका आठ वटा विद्यालयमा सुइटर, टोपी, मोजा, तथा सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।