नेपालदूत , भरतपुर
माघ २८ गते २०७६
भरतपुर कारागरका एक कैदीको मृत्यु भएको छ।
क्यान्सर रोगबाट पिडित भारत सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले बताएका छन् ।
मानव बेच विखनको आरोपमा १० वर्षे जेल र पाँच लाख रुपैंया सजाय पाएका उनको उपचारको क्रममा काठमाडौंमा आज बिहान मृत्यु भएको हो ।