समाचार

पोखरा १४ मा मेलमिलाप केन्द्र

पोखरा महागनरपालिका वडा नम्वर १४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा केन्द्र स्थापना गरेको हो । केन्द्र पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । गुरुङले न्यायिक समिति नयाँ भएकाले सवै नागरिकले यसका बारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन् । उनले देश संघीय ब्यवस्थामा गएपछि स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको ब्यवस्था संविधानले… पुरा पढौ

मुस्ताङ-सेना दिवसमा मैत्रीपूर्ण खेलकुद

सेना दिवस २०७६ को अवसरमा बज्रदल गण जोमसोमले मैत्रीपूर्ण भलिबल तथा ब्याटमिन्टन खेल आयोजना ग¥यो । गणले नागरिक समाज प्रतिको सामिप्यता अभिबृद्धि गराउन मैत्रीपूर्ण खेल आयोजना गरेको जनाएको छ । सेना दिवसका अवसरमा भएको मैत्रीपूर्ण खेलकुदमा स्थानीय युवाहरुले सहभागी जनाएका छन् । स्थानीयबासी तथा राष्ट्र सेवक कर्मचारी बीच आईतबार भएको भलिबलको फाईनल खेलमा राष्ट्र सेवक सुरक्षा निकायको आयोजक टिम बज्रदल गण च्याम्पियन भएको छ । बज्रदल गणले स्थानीयबासीको प्रतिनिधित्व गरेको… पुरा पढौ

ग्रिस र टर्की पठाई दिने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न व्यक्तिहरुलाई टर्की र ग्रिस जस्ता देशमा पठाइदिन्छु भन्दै रकम उठाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारको सिलसिलामा टर्की र ग्रिस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ३२ जना व्यक्तिहरुको ३९ लाख ५६ हजार रुपैँया लिई सम्पर्कविहीन भएको आरोपमा मोरङको रतुवामाई नगरपालिका–६ बुधबारे घर भई काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल पक्राउ परेका हुन् । पीडित गोपिराम पराजुलीले… पुरा पढौ

कोराेनाका कारण नेपाली कामदार कोरिया पठाउन रोक

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा समेत फैलिएपछि त्यहाँ नेपाली कामदार पठाउन सरकारले रोक लगाएको छ । नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ। अघिल्लो साता करिब २ दर्जन नेपाली कामदार कोरिया लैजाने तालिका भए पनि उनीहरुको उडान रोकिएको थियो। आगामी फागुन १८ गते पठाउने कार्यसूची भएका कामदारलाई पनि पठाउन नसकिने अवस्था आएको शाखाका… पुरा पढौ

जन्मदिन मनाउन जन्मघर पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आज अपरान्ह २ बजे आठराई गाउँपालिका ४ इवास्थित आफ्नो जन्मघर पुगेका छन्। उनलाई संघीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए। प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएका छन्। प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ,… पुरा पढौ

दुई बस एकआपसमा ठोक्किदा २० जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी… पुरा पढौ

टायर पड्किएपछि ट्रक त्रिशुलीमा

सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ । आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो । ना ५ ख ३७७७ नंको ट्रक सडकबाट १ सय मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर… पुरा पढौ

जोमसोम विमान स्थलको निरीक्षण

मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचन लगायतको टोलीले शनिबार जोमसोम बिमानस्थलको निरीक्षण ग¥यो । निरीक्षणमा प्रजिअ बेदप्रसाद अर्यालसहित जिल्ला स्थित कार्यालयका कर्मचारी र सुरक्षा निकायको टोली सम्मिलित रहे । सांसद तुलाचन लगायतको टोलीलाई जोमसोम विमानस्थल प्रमुख दिपक बिकले आन्तरिक व्यवस्थापनको जानकारी र रनवे क्षेत्रको अवलोकन गराए । नागरिक उड््यन प्राधिकरणले निकट भबिष्यमा जोमसोम विमानस्थलको रनवे मार्ग बिस्तार गर्ने सोच बनाएको छ । धावन मार्गको लम्बाई बृद्धि गर्दै हवाई सुरक्षालाई दिगो… पुरा पढौ

शिवरात्रि मनाउन सहयोग माग्दै गरेका बालकको मृत्यु

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ। दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा बसको ठक्करबाट पुजन थामीको ज्यान गएको हो । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बा ४ ख ५८०९ नम्बरको बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । बसको चालकलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पुरा पढौ

खानेपानी प्राविधिक २ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख घुससहित पक्राउ गरेको छ । प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं