दुर्लभ वन्यजन्तु रातो पाण्डाको छालासहित ४ जनालाई पक्राउ परेका छन् ।
दुर्लभ वन्यजन्तुको छाला अवैध ओसारपसारमा संलग्न भएका सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ पक्राउ परेका हुन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको बूढानीलकण्ठ १२ कपन, खरीबोटबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट कालो रंगको ब्यागभित्र निलो प्लाष्टिकमा बेरिएको अवस्थामा १ थाना रातो पाण्डाको छाला फेला परेको प्रहरीले जनाएको छ ।






