प्रहरीले सामूहिक बलत्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत, महाराजगञ्जको टोलीले बुढानिलकण्ठबाट झापा गौरिगञ्ज गाउँपालिका–१ घर भइ बुढानिलकण्ठ बस्ने ३४ वर्षीय विशाल सङग्रौला र ३५ वर्षीय सुबास सङग्रौलालाई पक्राउ गरेको हो ।
सुनसरी इटहरीकी एक ३४ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाई काठमाडौंमा बोलाएर उनीहरुले बलात्कार गरेको भन्दै किटानी जाहेरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी बृत महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।
पक्राउ परेकामाथि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।






