फागुन १३ गते २०७६

ताजा समाचार

फागुन १३ गते २०७६

स्रोत नखुलेको साढे २६ लाखसहित ४ पक्राउ



पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने संजयकुमार साह, सोही ठाउँ बस्ने जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका य विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका–१६ नगवाका राजुकुमार कलवार रहेका छन् । प्रहरीले चारै जनालाई अवैध वित्तीय (हुण्डी) कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

सञ्जय र जयलाल वीरगञ्जको आदर्शनगरबाट पक्राउ परेका हुन् । बा.४८प. ६५९७ नम्बरको मोटरसाइकलमा सवार सञ्जयको साथबाट ९ लाख ७१ हजार र जयलालको साथबाट १० लाख स्रोत नखुलेको रकम बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका९१६ भन्सार गेट अगाडिबाट विजय र राजु पक्राउ परेको जनाइएको छ । बीआर ०५ एए ७२५५ नम्बरको भारतीय मोटरसाइकलमार्फत रक्सौलबाट वीरगञ्ज तर्फ आउने क्रममा विजय र राजु पक्राउ परेका हुन् । दुवै जनाको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई अवैध वित्तीय कारोबार ९हुण्डी० शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।