समाचार

बतासलाई पशुपति धर्मशालाबाट हटाउने तयारी

पशुपति धर्मशालाबाट बतास समूहलाई हटाउने तयारी भएको छ । सम्झौता उल्लंघन गरी सर्तहरु पालना नगरेकाले कानुन बमोजिम सम्झौता भंग गर्न समितिले सिफारिस गरेको छ । नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिका संयोजक नारायणप्रसाद सुवेदी नेतृत्वको समितिले दिएको प्रतिवेदनमा सम्झौता भंग गर्न सुझाव दिइएको छ । समितिले भनेको छ, “नेपाल भारतमैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति बिना गरिएको देखियो । बोलपत्र आह्वान गर्दा… पुरा पढौ

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश, राजधानी जनकपुर

प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुंगो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मत प्रस्तावको पक्षमा परेको छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मत परेको हो । सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा… पुरा पढौ

पिसाब नलीमा रबर बाँधिदिने जानुकालाई २५ दिन कैद

बच्चाले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छन् । कास्की जिल्ला अदालतले आइतबार पोखरा फलेपाटनको न्यु लाइफ स्कुलको होस्टेलकी कर्मचारी जानुका नेपालीलाई दोषी ठहर गरेको हो । जानुकालाई २५ दिन कैद र ५ हजार क्षतिपूर्ति दिन आदेश भएको छ । आइतबार थुनछेक बहसको पेसीपछि अदालतले नेपालीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले नेपालीमाथि २५ दिन कैद सजाय, पीडितलाई… पुरा पढौ

काेभिडबाट श्वास फेर्न गाह्रो भयो ? तुरून्त अपनाउनुस् यी १६ उपाय ।

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।३.… पुरा पढौ

नयाँबजारमा भूकम्प सुरक्षा दिवस

पोखराको नयाँबजारमा स्थानीय आइतबार भूकम्प सुरक्षा दिवस मनाएका छन् । विसं १९९० माघ २ गते गएको भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । गोरखा भूकम्पछि स्थानीयले आश्रय लिएको पोखरा नयाँबजारको चौरलाई खुला चौरकै रुपमा छाड्न स्थानीयले माग गरेका छन् । त्यहाँ पोखरा महानगरपालिकाले भवन बनाउन लागेको छ । अघिल्लो साल ७० लाख खर्चेर बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन भत्काएर… पुरा पढौ

गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुँदै

गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका छन् । यसरी छनोट भएका अनुसन्धानकर्ता मार्फत पहिलो चरणमा प्रदेशका १४ जाती, हरेक जातीका ३ लोक नृत्य गरेर ४२ लोक नृत्य तथा हरेक जातीका ५ बाजा गरेर ७० वटा बाजाको अनुसन्धान गर्नेगरी प्रतिष्ठानले काम अगाडि बढाएको हो । अनुसन्धान गर्न छनोट हुनुभएको अनुसन्धानकर्तामा थकाली… पुरा पढौ

शोकमा डुब्यो बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । “चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ”, उनले भने । अध्यक्ष… पुरा पढौ

भोलिदेखि बुस्टर मात्राको खोप

सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।… पुरा पढौ

“पहराको फूल” मा पोखिएको कवि लिलीको कवित्व

सगरमाथा साहित्य प्रतिष्ठान ,गण्डकीको पहिलो भौतिक उपस्थितिको कार्यक्रममा नदीपुर पोखरामा भेटिएकी कवि लिली अधिकारी नारीवादी कविका रूपमा चिन्दछु। उनीभित्रको नारीत्व "पहराको फूल" मा फूल बनेर फुलेको छ। नेपाली साहित्यमा बढी फस्टाएको विधाको रुपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा प्रस्तुत गरेको छ । नेपाली कविताको इतिहासमा विद्रोहपूर्ण चेतनालाई प्रतिस्थापित,सान्दर्भिक र सबल बनाउने स्रष्टाहरुमा पहिलो गद्यकवि गोपालप्रसाद रिमाल लगायत देवकोटा, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, केवलपुरे किसानहरु नै अग्रजका रुपमा देखिन्छन्… पुरा पढौ

स्वर्णचुल राजचिचिल्कोटेः ४५ वर्ष पछि भेटियो पोखरा उपत्यकामा

पचभैया । विरल तथा स्थानिय आबासिय स्वर्णचुल चिचिल्कोटे ४५ वर्ष पछि दोस्रो पटक पोखरा उपत्यकामा हालै अभिलेख गरिएको छ । राष्ट्रिय स्तरमा संकटापन्न यस प्रजातिलाई सन् १९७७ मा वरिष्ठ चराविद हरिशरण नेपाली काजी ले रुपाताल आसपासको क्षेत्रमा पहिलो पटक भेटेका थिए । पंछी अवलोकनका क्रममा पर्यटन ब्यवसायी दामोदर भक्त थापाले पनि रुपातालकै क्षेत्र आफ्नै होटल रुपा भ्यू परिसरमा फोटो सहित उपत्यका का लागि दोस्रो पटक अभिलेख गराएका छन् । सन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं