बतासलाई पशुपति धर्मशालाबाट हटाउने तयारी

पशुपति धर्मशालाबाट बतास समूहलाई हटाउने तयारी भएको छ । सम्झौता उल्लंघन गरी सर्तहरु पालना नगरेकाले कानुन बमोजिम सम्झौता भंग गर्न समितिले सिफारिस गरेको छ ।

नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिका संयोजक नारायणप्रसाद सुवेदी नेतृत्वको समितिले दिएको प्रतिवेदनमा सम्झौता भंग गर्न सुझाव दिइएको छ । समितिले भनेको छ, “नेपाल भारतमैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति बिना गरिएको देखियो । बोलपत्र आह्वान गर्दा प्रतिष्पर्धीलाई सीमित गर्न कुनै फर्मलाई मात्र प्रतिष्पर्धा गर्नेगरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिँदा मिलेमतो भएको हुन सक्ने देखिएको । कोष र होटल आनन्द प्रालिबीच धर्मशाला भाडामा दिँदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पु¥याउने कर्मचारीलाई अनधिकृत सम्झौता कानुन सम्ममत भनी छापा तथा विद्युतीय माध्यममा पैवाह गर्ने तत्कालीन पदाधिकारी समेतलाई कारवाही गर्नुपर्ने देखिएको ।”

समितिले तत्काल सम्झौता भंग गर्न सिफारिस गरेको छ । प्रतिवेदन मन्त्री प्रेम आलेलाई बुझाउने तयारी भए पनि कोरोना संक्रमणका कारण सचिवलाई बुझाइएको छ ।