समाचार

पालिकाले बनायो लिफ्टसहितको प्रशासनिक भवन

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको प्रशासनिक भवनको निर्माण सकिएको छ । ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअगाडि नै सुविधा सम्पन्न प्रशासनिक भवन बनेको ताराखोला गाउँपालिकाले जनाएको छ । ५ करोडको लागतमा निसान÷आचार्य÷वि.के जेबी निर्माण कम्पनीले ५ महिनाअगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपांगमैत्री प्रशासकीय भवन निर्माण गरेको हो । लिफ्टसहितको सुविधासम्पन्न सो भवन जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा संघीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवनको अभाव हुँदै आएको… पुरा पढौ

आइतबारदेखि मौसममा सुधार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ । अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । प्रतिकूल मौसमकाबीच त्रिभुवन… पुरा पढौ

६० % बजेट प्रदेश र स्थानीय तहमा आउनुपर्छ: डा भट्टराई

गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तक्र्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पु¥याएको स्मरण गरे । उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ ।’ संघीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको भन्दै उनले केन्द्रमुखी भावनाले… पुरा पढौ

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्। बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए। ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचाररआस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ’, उनले भने। राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने… पुरा पढौ

गण्डकी विश्वबिद्यालय र शिक्षाविदबीच अन्तरक्रिया

गण्डकी बिश्व बिद्यालय र शिक्षाविद् बीच अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । स्नातक तहमा २ वटा कार्यक्रम सहित आफ्नो सेवा सुरुगरेको विश्व बिद्यालयले बागलुङमा रहेका शिक्षा क्षेत्रमा संलग्न व्याक्तिहरु विचमा छलफल सम्पन्न भएको हो । सन् २०१९ मा गण्डकी प्रदेशको पुर्ण स्वामित्वमा स्थापना भएको विश्व बिधालयले हाल स्नातक तहमा सुचना प्राविधि र खेलकुद व्यवस्थापन संकाय सञ्चालन गरिरहेको जानकारी गराइएको थियो । विश्व बिद्यालयका प्राध्यापक सरोज गिरि र मधुसूदन सुवेदी… पुरा पढौ

पेट्रोल इतिहासकै महंगो हुँदा पनि भारतमाभन्दा सस्तो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताए। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।… पुरा पढौ

८ साहित्यकारलाई सम्मान गर्दै साहित्य संगम

मकवानपुरको बाङ्मयिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । सङ्गमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना भएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय भएको छ । भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय… पुरा पढौ

समाजवादी प्रेस सङ्गठन बागलुङ संयोजकमा घिमिरे

समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन भएका छन् । जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उनलाई संयोजकको जिम्मेवारी तोकेको हो । छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताए ।, उनले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गरे् । घिमिरे न्यूज–२४ टेलिभिजन र नेपालदूत अनलाइनमा कार्यरत छन् । पुरा पढौ

२२ जना वडासचिवलाई मागियो स्पष्टीकरण

बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन्। व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, डिलाशैनी गाउँपालिका–२, मेलौली नगरपालिका–२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिव छन्। राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा… पुरा पढौ

आमाको स्मृतिमा सापकोटा परिवारद्वारा सहयोग

बागलुङ नगरपालिका ५, मालिका निवासी धनपद सापकोटाको परिवारले मानव सेवा आश्रम बाग्लुङको अक्षयकोषमा ३० हजार रुपैयाँ सहयोग गरेको छ । धनपद सापकोटाकी श्रीमती कृष्णकलि सापकोटाको ११ औं मासिक पुण्यतिथिका दिन छोराहरू फुलप्रसाद सापकोटा, रुद्र सापकोटा र ओम सापकोटाले आमाको बैकुण्ठवासको कामना गर्दै आश्रममा सहयोग गरेका हुन । बुहारिहरु सीता सापकोटा, तुलसि सापकोटा र रमा सापकोटाले आश्रममा रहेका ५० जना असहायको लागि भोजन गराएका छन् ।आश्रममा जम्मा गरिएको रकमको ब्याजबाट प्रत्येक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं