समाचार

प्रेस सेन्टर बागलुङको अभियान एक पालिका, एक पत्रकार ।

बागलुङ चैत १९प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उद्देश्यले जिल्लाका दश वटा पालिकामा सञ्चार संयोजक चयन गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाले जानकारी दिनुभयो । जस अन्तर्गत बागलुङ नगरपालिकामा अनिश खाती, काठेखोला गाउँपालिकामा… पुरा पढौ

ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण ।

स्वर्गिय प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा बोल्दै थापाले स्वर्गीय ईन्जिनियर थापाको अल्पायुमै भएको निधनले राष्ट्रले नै अतुलनिय क्षती व्योहोरेको बताएका छन । उनले सानो उमेरमा गरेका थुप्रै सकरात्मक र उदाहरणीय कामहरुबाट आफु प्रभावित भएको समेत उनले उल्लेख गरे । स्वर्गिय थापाका अधुरा सपनाहरु पुरा गर्न बगाले थापा क्षत्री समाज धौलागिरीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाई छ । थापाका प्रकाशित तथा अप्रकाशित लेख, हाल सम्मका उपलव्धी तथा उनले सामाजिक… पुरा पढौ

पोखरा १७ मा अटेरी उम्मेदवार

पोखरा महानगरपालिका १७ बाट स्थानीय तह निर्वाचनका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखरा १७ को वडाध्यक्ष पदका लागि प्रतीक्षा ढकालले उम्मेदवारी दिने भएकी हुन् । पोखरा महानगरपालिकाका विभिन्न वडामा गरी ११ वडामा वडाध्यक्ष पदका लागि उम्मेदवारी परेको छ । केही वडामा वडा सदस्य पदका लागि उम्मेदवारी घोषणा भएको छ । पोखराका गनेस पौडेलले स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित महानर प्रमुखमा उम्मेदवारी घोषणा गरेपछि यो अभियानले ब्यापक चर्चा… पुरा पढौ

कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यकः मन्त्री बराल

पोखरा १७, चैत गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ स्थित वडा स्तरिय कृषि संजालले विहिबार आयोजना गरेको कृषि सामाग्री वितरण गर्दै मन्त्री बरालले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताउनु भएको हो । परम्परागत कृषि प्रणालीले निर्वाहमुखी मात्र हुने हुदाँ कृषिलाई समय अनुसार प्रविधिको प्रयोग गरी कृषिबाटै व्यावसायीक हुने अबस्था सृजना गर्न सकिने… पुरा पढौ

कला संस्कृतीको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट ।

थम्मन थापा बागलुङ चैत १६कोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई सांगितिक र हाँस्य प्रस्तुती मार्फत मनोरञ्जन दिन अहिले कलाकारहरुलाई भ्याई नभ्याई नै भएको छ । हिमालय म्यूजिकल ईभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस् प्रालिले… पुरा पढौ

चैत २० देखि सार्वजनिक यातायातको भाडा बढ्ने

सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार बिहीबार मन्त्रिस्तरीय निर्णय अनुसार चैत २० गतेदेखि भाडा बढ्नेछ । ‘९ पटकसम्म इन्धनको मूल्य बढ्दा पनि भाडा समायोजन भएको थिएन,’ उनले भने, ‘आज सरकारले भाडा समायोजन गर्ने निर्णयले यातायात व्यवसायीलाई सहजज भएको छ ।’ व्यवसायीहरुले यसअघि स्वचालित मूल्यरुपमा मूल्य समायोजना हुनुपर्ने माग गर्दै आएका थिए । अब १० देखि १५ प्रतिशतसम्म सार्वजनिक… पुरा पढौ

एमसीसी पक्षधरलाई लखेट्छौं: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् । विहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलामा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्नेमा जोड दिए । नेपालमा साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने विप्लवले बताए । नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पुँजीवादी सत्ताका कारण समस्या पैदा भएको उनको टिप्पणी… पुरा पढौ

क कसले दिन पाउँदैनन् स्थानीय तहमा उम्मेदवारी ?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा… पुरा पढौ

हेम्जामा छ लाख राशी को राष्ट्रिय शुभकामना गोल्डकप हुदै

"युवा एकता र विकाश को लागि खेलकुद" भन्ने मूल मान्यता का साथ यही जेठ १४ गते देखि २१ गते सम्म आयोजना गरिने "राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७८" बारे बृहद छलफल गरिएको छ। क्लब का सचिब सुनिल गायक का अनुसार प्रथम हुने टिम ले नगद रु छ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र एबम दृतिय हुने टिम ले नगद रु तिन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। … पुरा पढौ

दीर्घरोगीलाई मासिक ५ हजार दिने निर्णय

गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो। अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं